21.1 C
Kathmandu
Thursday, April 16, 2026

प्रतिष्ठानद्वारा अन्तरास्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष गिरीलाई स्वागत तथा सम्मान

पर्वत-अन्तरास्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, पर्वतले स्वागत तथा सम्मान गरेको छ ।
प्रतिष्ठानका आजीवन सदस्य समेत रहनुभएका गिरीलाई बिहिवार कार्यालयमा स्वागत गरी सम्मान सहित जन्मोत्सवको शुभकामना प्रदान गरिएको हो । गिरीले प्रतिष्ठानलाई पुर्‍याएको योगदानको कदर गर्दै उहाँलाई कार्यालयमा स्वागत तथा सम्मान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वतका अध्यक्ष पुजा कार्की शर्माले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गिरीले अन्तरास्ट्रिय पर्वत समाजले पर्वत जिल्लाको विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा सामाजिक कार्यलाई जोड दिएको बताउनुभयो । त्यस्तै समाजले विदेशमा आयोजना गर्ने कार्यक्रममा पर्वतका कलाकारहरुलाई प्राथमिकता दिएर कार्यक्रममा सहभागी गराएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्वतका पुर्व अध्यक्ष आरसी पौडेल, आजीवन सदस्यहरु गोपी अधिकारी, शिव शर्मा पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका अध्यक्ष पुजा कार्की शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा, दृतिय उपाध्यक्ष सुदिप क्षेत्रीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन सहसचिव अर्जुन थापाले गर्नुभएको थियोे ।

ताजा

Related Articles