हाम्रो भनाइ !

अहिलेको युग सूचना र प्रबिधिको युग हो । सूचना नै सबैभन्दा ठुलो शक्ति पनि हो । सहि सूचना पाउनु आम नागरिकको अधिकार हो । यहीँ कुरालाई आत्मसात गर्दै युग सुहाउँदो संचारमा सबैका लागि सहि सूचना प्रवाह गर्न तथा सकारात्मक,रचनात्मक र नितिजात्मक गतिविधि प्रसारमा जोड दिदै खोजमूलक र विकासवादी समाचार, सूचना र विचारले पाठकहरुमा आशा, विश्वास र सकारात्मक भावनाको विकास गराई नेपाली समाज, सभ्यता, संस्कृतिको विकासमा योगदान पुर्याउने उद्देश्यले सत्य र तथ्यपरक हरेक घटना प्रकाशमा ल्याउन साक्षी मिडिया प्रा.लि.को स्थापना गरि नयन न्युज तपाईसामु ल्याएका छौँ ।
यस अनलाइन पत्रिकामार्फत स्थानीय स्तरमा भएका गतिविधि राष्ट्रियकरण र राष्ट्रिय स्तरमा भएका गतिविधि स्थानीयकरण गर्न महत्त्वपूर्ण जिम्मेवारी बहन गर्दै सदैव पुलको माध्यम बन्नेछौ । साथै विश्व जगतका सबै घटनाहरुलाई सबैभन्दा पहिले हजुरलाइ पस्किने हरदम कोशिश गर्नेछौं ।
यस मिडियाले स्वदेश तथा विदेशमा रहेका सम्वाददाताहरुका साथै राससको ग्राहक भएकोले त्यहाँबाट प्राप्त समाचारहरु समेत प्रकाशन गर्ने गर्छ ।

समाज रुपान्तरणमा अहम भुमिका निर्वाह गर्दै आएको संचार क्षेत्रलाई अझै फराकिलो बनाउदै सबै जनताहरुलाई सुसूचित बनाउन हजारौं अनलाइन पत्रिकाहरुको भिडमा छुट्टै पहिचान स्थापित गर्नका लागि स्वतन्त्र, सत्य, तथ्य र निष्पक्षलाई जोड दिदै विगत एक दशकदेखि संचार क्षेत्रमा काम गरेको अनुभव बटुल्दै “सत्यताको प्रतीक “नयन न्युज अनलाइन पत्रिकाको वि.सं. २०७८ मंसिर १५ गते जन्म भएको हो ।

समाजको कुरिती र कुसंस्कार विरुद्ध सकारात्मक सचेतना फैलाउने सामग्री प्रसार गर्दै हत्या, हिंसा, अन्याय, अत्याचार र भ्रष्टाचार विरुद्ध निर्भीक रुपमा खुलेर ओकालत गर्दै निश्पक्ष रुपमा सधै संशक्त र दरिलो आवाज उठाउने छौँ । सबै व्यक्तिमा सकारात्मक जिवनशैली, मनोरञ्जन, ज्ञानबर्दक, चेतना र प्रेरणाका लागि अनवरत रुपमा निरन्तर क्रियाशील रहनेछौ । संसारका जुनसुकै कुनामा भएपनि सबैको साथमा अनलाइन पत्रिकामार्फत जोड्न सकिने माध्यम बनाउन अग्रसर हुनेछौं ।

सबै जाति, भाषा,धर्म,संस्कृति, भेषभुषा, रीतिरिवाज, चालचलनलाई उजागर गर्दै, समान तरिकाले समेट्दै राष्ट्रिय एकताको सुत्रमा बाध्ने गतिविधिलाई जोड दिइने छ । कुनै पनि समुदाय,जाती र सम्प्रदायमा आच पुग्ने, हिंसा भड्किने अशलिल सामाग्री, र अरुलाई भ्रम पर्ने खालका कुनैपनि गतिविधि समाबेश गरिने छैन ।
सांस्कृतिक,पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको प्रचारप्रसार विकास र प्रबर्द्धनमा जोड दिदै देशको हितमा हुने खालका गतिविधि प्रसार गर्दै समृद्ध नेपाल निर्माणमा हाम्रो अहम भुमिका रहनेछ ।
निस्वार्थ भावनाले हामी नितान्त सामाजिक कार्यमा सेवामुखी भावनाले समर्पित हुनेछौं ! जटिल रोगका बिरामी, अशक्त, असहाय, दुखि, पीडित, समस्यामा परेका व्यक्ति र प्राकृति प्रकोपका घटनामा परेका मानिसलाई राहतको लागि पहल गर्न विभिन्न सहयोगी मनहरुमा यथार्थ जानकारी गराएर पुलको भुमिका निर्वाह गर्दै सहयोग जुटाउने सहज माध्यम बन्नेछौ ।
साक्षी मिडिया प्रालिद्वारा संचालित नयन ज्युज डटकम आधिकारिक न्युज पोर्टल हो । चौतर्फी रुपमा हरेक गतिविधिमा हाम्रो नजर पुग्नेछ । विश्व भरका सम्पुर्ण घटना , हरेक व्यक्तिको विचार,वहस, सूचना र समाचारले प्राथमिकता पाउनेछन् । सामाजिक जिवनका समग्र पक्षहरु, सार्वजनिक व्यक्तिका जिवनशैली, कार्यशैली, र आचरणमा पनि ध्यान दिइनेछ । सबैलाई सुसूचित बनाउन अनवरत सत्य,तथ्य र सन्तुलित गतिविधि तथा सुचना सम्प्रेषणमा प्रतिबद्ध छौँ !
“सत्यताको प्रतीक” नयन न्युज !
Nayannews.com
सबैले हेरौं,पढौ र सेयर गरौं !
धन्यवाद !