४ फागुन,पर्वत — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पर्वतको महाशिला गाउँपालिकामा मतदाता भेटघाट तथा घरदै अभियान सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य उम्मेदवार सागर भुसालसहितको टोली महाशिलाका विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट गर्दै समर्थन र मत मागिरहेका छन्।
नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपालाई विजयी बनाउन उम्मेदवार भुसालले मतदातासँग प्रत्यक्ष संवाद गर्दै विकास, सुशासन र पारदर्शिताका प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो कार्यक्रमका क्रममा उनले स्थानीय समस्या, आवश्यकता र जनचासोका विषयमा सुझाव समेत संकलन गरिरहेका छन्।
घरदैलो अभियानकै क्रममा महाशिला गाउँपालिका वडा ४ मा ७५ प्रतिशत घरधुरी रास्वपामा प्रवेश गरेको महाशिला गाउँपालिका पार्टी सभापति विरेन्द्र मल्लले जानकारी दिनुभयो । पार्टीले घरदैलो कार्यक्रमलाई अझै तीव्र बनाउँदै गाउँपालिकाका सबै वडामा पुग्ने योजना बनाएको जनाएको छ।

