१३ जेष्ठ २०८३,पर्वत-सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी कुश्मा शाखाले पर्वतको जलजला गाउँपालिका–७, नाग्लिवाङ स्थित जनकल्याण माध्यमिक विद्यालयका करिब १ सय ५० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मंगलबार उक्त सामाग्री एक कार्यक्रमकाबीच वितरण गरिएको हो ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख छबि पौडेल, कुश्मा शाखा प्रमुख पुनम शर्मा, सिनियर एजेन्सी म्यानेजर पूर्णकला शर्मा, एजेन्सि म्यानेजर देवी शर्मा तथा पूर्णकला नेपालीको विशेष उपस्थिति रहेको थियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम , पेन्सिल, Sharpner, Geometry Box, कलर, इरेजर, लगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ ।
कार्यक्रमका अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद रेग्मीले Citizen Life Insurance परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सहयोग उपलब्धिमूलक तथा प्रभावकारी भएको उल्लेख गर्दै यसले विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी गण्डकी प्रदेश प्रमुख छबि पौडेलले बीमाले भविष्यको आर्थिक सुरक्षा, जिम्मेवारी र आत्मविश्वासको माध्यम भएको बताउनुभयो। उहाँले भन्नुभयो “जीवनमा कहिले के परिस्थिति आउँछ हामीलाई थाहा हुँदैन। तर कठिन परिस्थितिमा परिवारको सपना रोकिन नदिन, आर्थिक बोझ कम गर्न र भविष्य सुरक्षित बनाउन बीमाको भूमिका महत्वपूर्ण हुन्छ ।”
बीमाले केवल व्यक्तिको सुरक्षा मात्र गर्दैन, यसले परिवारको सपना जोगाउँछ, बालबालिकाको शिक्षा निरन्तरता दिन मद्दत गर्छ र आर्थिक स्थिरता कायम गर्न सहयोग पुर्याउँछ। त्यसैले विकसित देशहरूमा मानिसहरूले भविष्यको तयारी आजैबाट गर्छन्।”
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा जनकल्याण माबिमा शैक्षिक सामग्री वितरण

