21.1 C
Kathmandu
Friday, May 29, 2026

मोदी दराकमा पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम सुरु

१५ जेष्ठ २०८३ पर्वत-पर्वतको मोदी गाउँपालिका वड नं. ६ दराकमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । स्थानीय लक्ष्मीपुर युवा क्लबको आयोजनामा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम आजबाट सुरु भएको हो ।

‎जेष्ठ १९ गतेसम्म संचालन हुने उक्त कार्यक्रमको कार्यक्रमका प्रमुख अतिथि मोदी गाउँपालिकाला प्रमुखप्रशासकीय अधिकृत बाबुराम पुरीले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै उहाँले खेलकुदले युवाहरुलाई अनुशासित, सक्रिय र सामाजिक एकतामा जोड्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो। स्थानीय स्तरमा यस्ता प्रतियोगिताले प्रतिभा पहिचान र संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ थियो । क्लबको सामाजिक कार्यमा आफ्नो व्यक्तिगत तथा पालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने पुरीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

‎कार्यक्रममा बोल्दै मोदी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्रजंग लामिछानेले गाउँमा आयोजित खेलकुद तथा सांस्कृतिक कार्यक्रमले सामाजिक सद्भाव र युवाको नेतृत्व विकासमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्नुभयो । कार्यक्रममा नवजागृत माबिका प्रधानाध्यापक विष्णु प्रसाद सुवेदी, क्लबका सल्लाहकार तथा महेन्द्र प्राबिका पुर्व प्रधानाध्यापक बाबुराम पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
‎कार्यक्रममा आयोजित खुल्ला वडा स्तरीय पुरुष भलिबलको पुरस्कार प्रथम ५१ हजार, दित्तिय ३१ हजार, तृतीय १६ हजार र सान्त्वना ७ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ ।

‎क्लबका अध्यक्ष सुरज पुरी को अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य दिनेश लामिछाने र कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लक्ष्मण बिसीले गर्नुभएको थियो ।

‎भलिबल प्रतियोगितामा १२ टिमको सहभागीता रहेको छ आयोजकले जनाएको छ । आजबाट सुरु भएको कार्यक्रम जेष्ठ १९ गतेसम्म संचालन हुनेछ ।

ताजा

Related Articles