22.2 C
Kathmandu
Monday, August 18, 2025

पर्वतको महाशिलामा माहुरी स्रोत केन्द्र स्थापना तथा सन्चालन तालिम सम्पन्न !

लक्ष्मण विश्वकर्मा,पर्वत/पर्वतको महाशिला गाउँपालिका-५ लुंखुदेउरालीमा ८ दिने माहुरी स्रोत केन्द्र स्थापना तथा सन्चालन तालिम सम्पन्न भएको छ । माहुरी बिकास केन्द्र गोदावरीको अयोजना, कृषि ज्ञान केन्द्र पर्वतको समन्वय र महाशिला गाउँपालिकाको व्यवस्थापनमा उक्त तालिम आज सम्पन्न भएको हो ।
तालिम समाप्तिपछि महाशिला कृषि समूह समेत गठन गरिएको छ ।उक्त समूहको अध्यक्षमा तारा प्रसाद पौडेल, उपाध्यक्ष उमलाल नेपाली, सचिवमा तिलक जैसी,सहसचिवमा टेक बहादुर गुरुङ र कोषाध्यक्षमा प्रतिमा मल्ल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हरि विश्वकर्मा, सागर शर्मा, खेमनारण शर्मा, सुन्दर गुरुङ, ढाका कुमारी शर्मा, गिता कुमारी शर्मा, हर्क क्षेत्री चन्द्रशोभा गुरुङ र मधुमाया थापा चयन हुनुभएको छ ।
महाशिलामा मौरी पकेट क्षेत्र स्थापना गरी मोडल मौरी फार्म संचालन गरिएको महाशिला-५ लुंखुदेउदालीका वडा अध्यक्ष जीवन विक्रम उचैले जानकारी दिनुभयो । वडा नं ५ मा मात्र ५ वटा भन्दा बढी मौरीघार भएका १७ जना व्यावसायिक कृषकहरू रहेको उहाँले बताउनुभयो ।
उक्त तालिमको समापन कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा, महाशिलाका कृषि शाखा प्रमुख नवीन गोयल लगायतको उपस्थिति रहेको थियो । ८ दिनसम्म संचालित तालिममा महाशिलाका १९ जना मौरीपालक कृषकहरू सहभागिता रहेको थियो भने अनिता रानामगर र सुरक्षा शर्माले सहजीकरण गर्नुभएको थियो ।गत चैत १ गतेबाट सुरु प्रमाणपत्र वितरण गरि सम्पन्न भएको हो ।

ताजा

Related Articles