पर्वत-पर्यटन तथा उद्योग कार्यालय पर्वतले जिल्ला संचालित उद्योगहरुको मार्केटिङ बोर्ड स्थापना गरेको छ ।
८ औं उद्योग दिवसको अवसरमा उक्त बोर्डको स्थापना गरिएको कार्यालय प्रमुख मुना अधिकारीले जानकारी दिनुभयो ।
विभिन्न खाद्य तथा उपभोग्य बस्तु उत्पादनमा प्रोत्साहन तथा उत्पादित बस्तुको बजारीकरणमा सहजता ल्याउने उद्देश्यले मार्केटिङ बोर्ड स्थापना गरिएको उहाँले बताउनुभयो ।
उक्त बोर्डमा पर्वत जिल्लामा संचालित विभिन्न उद्योगहरुको पोस्टर टासिंएको छ । कार्यालयमा सेवा लिन आउने ग्राहकका लागि पनि मार्केटिङ बोर्डले उद्योग तथा व्यवसाय प्रवर्द्धनमा फाइदा पुग्ने कार्यालय प्रमुख अधिकारीको भनाई छ ।
पर्यटन तथा उद्योग कार्यालय पर्वतमा उद्योगहरुको मार्केटिङ बोर्ड स्थापना ।
