9.1 C
Kathmandu
Wednesday, January 28, 2026

हाम्रो नेपाली समाज मिडल्याण्डस यूकेको महासचिवमा रिजाल चयन

काठमाडौं-बेलायतको मिडल्याण्डसका नेपालीहरुको पुरानो संस्था हाम्रो नेपाली समाजको अध्यक्षमा भीमलाल शर्मा चयन भएका छन्। मंगलबार भएको ७ औं अधिवेशनले शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो।

संस्थाको वरिष्ठ उपाध्यक्षमा लक्ष्मी खराल, उपाध्यक्षमा ऋषी सापकोटा, महासचिवमा इश्वर रिजाल, सचिवमा रीमा सापकोटा, कोषाध्यक्षमा विष्णु लामिछाने र सहकोषाध्यक्षमा पुरुषोतम पंगेनी रहेका छन्। २१ सदस्यीय समितिको घोषणा निर्वाचन कमिटी संयोजक गंगाधर गौतमले गरेका थिए।

महासचिव रिजालले संस्थाले मिडल्याण्डसका नेपालीको पक्षमा काम गर्ने बताए। कार्यक्रममा २ सय ५० जनाभन्दा बढ़ी नेपालीको सहभागिता रहेको थियो।

ताजा

Related Articles