19.1 C
Kathmandu
Tuesday, January 27, 2026

साहित्यकार लम्सालको आदर्श काव्य “सहधर्मीणी” को लोकार्पण

निर्मल पौडेल, पर्वत
साहित्यकार जगन्नाथप्रसाद लम्सालको आदर्श काव्य ‘सहधर्मिणी’ को लोकार्पण तथा कृति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । पर्वतको कुश्मामा सनिबार एक कार्यक्रमको आयोजना गरि “सहधर्मीणी” को लोकार्पण सङ्गै सर्जक सम्मान र उक्त कृतिको समिक्षा गरिएको हो ।
पर्वत साहित्य सङ्गमको आयोजनामा  पर्वत बहुमुखी क्याम्पस तथा धौलागिरि बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सह प्राध्यापक लम्सालले रचना गरेको काव्यको अतिथीहरुले संयुक्त रुपमा लोकार्पण गरेका थिए । पर्वत साहित्य सङ्गमका सस्थापक अध्यक्ष इन्द्रकुमार बिकल्प,पुर्व अध्यक्ष इन्द्रमान खत्री,राजेन्द्र पहाडी ,निबर्तमान अध्यक्ष डि आर शर्मा, सल्लाहकार लक्ष्मी प्रसाद शर्मा,लक्ष्मी राज पौडेल सुन्दरप्रसाद जोशी,याम ढुङ्गा ना केसी,गोबिन्द प्रसाद भुसाल लगायतले संयुक्त रूपमा लोकार्पण गरेका हुन। कृतिकार जगन्नाथ प्रसाद लम्सालकी धर्मपत्नी शेषकुमारी लम्सालको निधनपछि उनका सुकृतीहरूको सम्झनामा तयार पारिएको चार सय १२ पृष्ठको कृतिको समिक्षा भाषाविद प्राचार्य कृष्णराज पौडेल र धनपति रेग्मीले गरेका थिए ।
उक्त कार्यक्रममा कृतिकार लम्साललाई पर्वत साहित्य सङ्गमले दोसल्ला, रुद्राक्ष माला तथा सम्मान पत्रले सम्मान गरेको थियो । अग्रज साहित्यकार शान्तिनारायण श्रेष्ठ र संस्थाका सल्लाहकार लक्ष्मीप्रसाद शर्मा पौडेलले शुभकामना दिनुभएको कार्यक्रममा दीपक शर्मा चापागाईँ तथा छोरी सावित्री चापागाईँले कृतिकारको परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाका सहसचिव गीता अधिकारीले कृति भित्रका दुई कविताहरू वाचन गरेकी थिइन । पर्वत साहित्य सङ्गमका अध्यक्ष खेमराज शर्मा चापागाईँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थाका निवर्तमान अध्यक्ष डी आर शर्मा र संचालन उपाध्यक्ष गोकुल शर्मा मन्जरीले गरेका थिए । कार्यक्रममा साहित्यकार तथा साहित्यानुरागीहरुको विशेष उपस्थित रहेको थियो। नेपाली साहित्याकाशमा धौलागिरीकै अग्रणी र उल्लेख्य भुमिका खेलिरहेको संगमले नेपाली भाषा, कला र संस्कृतिको जगेर्नामा अहोरात्र खटिरहेको छ।

ताजा

Related Articles