25.2 C
Kathmandu
Sunday, August 17, 2025

लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुको तीज गीत “काली पसम्ला” सार्वजनिक (भिडियो सहित)

पर्वत-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका कलाकारहरुले “काली पसम्ला”बोलको तीज गीत बजारमा ल्याएका छन् ।
उक्त गीतको सोमबार एक कार्यक्रमकाबीच विमोचन गरिएको हो। गीतको भिडियो आरसी पौडेल युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।  गीतमा कलाकारहरु कृष्ण कडेल, आरसी पौडेल, अर्जुन थापा, शिव पौडेल,कमला शर्मा, पुजा कार्की शर्मा, मन्जु बिक, सन्दीप नेपाली र देवी परियारको स्वर रहेको छ । त्यस्तै कृष्ण कडेलको शब्द, सन्तोष सुवेदीको लय रहेको छ भने अर्जुन थापाको निर्देशन र कमल एलेक्सको छायांकन रहेको छ । गीतमा तारानाथ आचार्यको एरेन्ज र मालाश्री स्टुडियोको मिक्सिङ रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलले पारिवारिक तथा सामाजिक यथार्थ घटनालाई तीज गितमा समेटेको बताउदै यस्ता गितहरुले मौलिकता जगेर्ना गर्न मद्दत पुग्ने बताउनुभयो । पछिल्लो समय तीज गीतको नाममा विकृति विसंगतिको फैलाउने खालका गीतहरू आएकोमा त्यस्ता गीतलाई निरुत्साहित गर्न मौलिक तथा पारिवारिक घटनालाई उजागर गर्नको लागि उक्त गित बजारमा ल्याइएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्कीले बताउनुभयो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका पुर्व अध्यक्ष आरसी पौडेलले गीतको बारेमा चर्चा गर्दै गीतले यथार्थ कहानी बोकेको बताउदै गीतलाई सबैले माया गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष गोपि अधिकारी, पत्रकार गणेश पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्की शर्माको अध्यक्षता, महिला उपाध्यक्ष मन्जु बिकको स्वागत मन्तव्य र कार्यक्रमको संचालन सहसचिव अर्जुन थापाले गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस

https://youtu.be/1lqUcnrT7xI?si=UluEcn9pMs3wCeN1

ताजा

Related Articles