निर्मल पौडेल,पर्वत-नयाँ कार्यसमिति चयन गर्दै पर्वत समाज अमेरिकाको छैटौं साधरण सभा सम्पन्न भएको छ। मेरीलैण्ड राज्य को बाल्टीमोरमा अवस्थित (BANA )बाना को सभाहलमा सम्पन्न अधिवेशनले रविन शर्माको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। शर्मा एक कार्यकालको नेतृत्व गरिसका व्याक्ती हुन,अहिले फेरि उनकै नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। जसको वरिष्ठ उपाध्यक्षमा मिलन बानिया चयन भएका छन। उपाध्यक्षमा रोशन लामिछाने र संजीव पौडेल चयन भएका छन। उपाध्यक्ष पौडेल सामाजिक तथा राजनैतिक रुपमा सक्रिय व्याक्ती हुन । संस्थाको महासचिवमा शिवलाल पुरी सचिवमा ईश्वर श्रेष्ठ,कोषाध्यक्षमा आनन्द शर्मा र सह कोषाध्यक्षमा राजेश जिसी लाई कार्यभार दिइएको छ।
यस्तै सदस्यहरूमा रेजीना गिरी ,मौलिक लामिछाने,अश्मी भण्डारी,मनु गिरी,मुकुन्द पौडेल,रुपेश गिरी ,सूर्य केसी,गंगबहादुर क्षेत्री,राम मल्ल,गीता सुवेदी,विनोद शर्मा,अर्जुन क्षेत्री,दामोदर पौडेल,निरन गुरुङ र सुरज लामिछाने निर्विरोध चयन भएका छन। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि मेरीलैण्ड राज्य संसद ह्यारी भण्डारीले नेपाल राज्यको पर्वत जिल्लामा जन्मेर अमेरीकामा कर्मथलो बनाउने नेपालीहरूको सामाजिक संस्था पर्वत समाज अमेरिकाको खुलेर प्रशंसा गरेका थिए। भण्डारीले भने ” यस संस्थाको समृद्धि र गरिमा बढाउन म सदैव यहाँहरु जस्तै तन मन दिएर लागि पर्नेछु, नयाँ कार्यसमिति लाई हार्दिक बधाई तथा शुभकामना।” भण्डारीले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका लागि ठुलो हल बनाउन आँफूले सक्दो सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे ।
यस्तै कार्यक्रममा विशिष्ट अतीथी अवैतनिक महावाणिज्य दूत प्रेम राजा महत् , वरिष्ठ समाजसेवी श्याम कार्की,संस्थाका संस्थापक अध्यक्ष भरत श्रेष्ठ,एनआरएन को अध्यक्ष कुल गुरुङ ,बाना का अध्यक्ष सुबोध विलास पन्त,महिला संग पर्वतकी सभाती मूना शर्मा लामिछाने
लगायतले बोलेका थिए। बोल्ने वक्ताहरूले संस्थाले निस्वार्थ रुपमा विगतमा समूदायमा पुर्याएको योगदानको खुलेर प्रशंसा गर्दै एक उदाहरणीय सस्था बनाउन सवैजना हातेमालो गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष मिलन बनियाले र संस्थाको प्रगती प्रतिवेदन महासचिव रमेश शर्माले प्रस्तुत गरेका थिए। समापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफुलाइ पुन अध्यक्षमा निर्वाचित गराउन लागिपर्ने सवैलाइ हार्दिक आभार व्यक्त गरे। शर्माले संस्थाको गरिमा बढाउने कार्यमा पहिलो कार्यकालमा भन्दा भिन्न तरिकाले लागिपर्ने भन्दै अघिल्लो कार्यकालमा सम्पन्न हुन बाँकी कार्यहरू लाई पुर्णता दिँदै नयाँ कार्य र योजनाहरु पूरा गर्नका लागि आँफू अध्यक्षमा दोहोरिएको बताए। अध्यक्ष रविन शर्माको अध्यक्षता,वरिष्ठ उपाध्यक्ष प्रवीण भण्डारीको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव शिवलाल पुरीले गर्नुभएको निर्वाचित उपाध्यक्ष सन्जीव पौडेलले जानकारी दिएका छन।
सामाजिक रुपमा सक्रिय यस संस्थाले पर्वत लगायत नेपाल र नेपालीहरुका लागि विभिन्न समयमा सामाजिक तथा आर्थिक कार्यक्रमहरु गर्दै आएको छ।

