25.2 C
Kathmandu
Sunday, August 17, 2025

नेकपा एकीकृत समाजवादी पर्वतले बुझायो प्रमुख जिल्ला अधिकारीलाई मागपत्र

पर्वत-नेकपा एकीकृत समाजवादी पर्वतले जिल्लाको विकास र समृद्धिका लागि विभिन्न मागसहित पर्वतका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेलाई मागपत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर समग्र पर्वतको विकास र समृद्धिका बिषयलाई समेटेर मागपत्र बुझाएको पार्टीका जिल्ला कमिटी अध्यक्ष बिराज हमालले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य, सडक, रोजगारी, कृषि, पर्यटन, उद्योग, विद्युत, खानेपानी तथा सरसफाइ,सूचना र प्रबिधि लगायतका बिषयमा ८ बुदे मागपत्र बुझाएको उहाँले बताउनुभयो । विकास निर्माणमा ढिलासुस्ती, भ्रष्टाचार,अनियमितता र बेथिति रोक्न समेत माग गरिएको छ । पार्टीले जनजिविकाको अवस्थालाई मध्यनजर गर्दै विकास निर्माणमा जोड दिन “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने नारासहित विभिन्न कार्यक्रम संचालन गर्न लागेको हमालको भनाई छ । पार्टीले पालिका तथा वडा कार्यालयहरुमा पनि मागपत्र बुझाउने कार्यक्रम रहेको छ । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले पार्टीको तर्फबाट आएका मागलाई सम्बन्धित निकायमा जानकारी गराउने तथा आफ्नो क्षेत्र अधिकारभित्रका जायज माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी सचिव ठाकुर प्रसाद शर्मा, प्रदेश कमिटी सदस्यहरु मोहम्मद सहाब अलि र सुवास रोका लगायत जिल्लाका नेताहरु मागपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

मागपत्र यसप्रकार छ:-

 

 

ताजा

Related Articles