8.1 C
Kathmandu
Wednesday, January 28, 2026

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले सप्ताहव्यापी कार्यक्रमका साथ अधिवेशन गर्दै

पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा पर्वतले यहीँ कार्तिक १७ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । प्रतिष्ठानको ७ औं जिल्ला समिति अधिवेशन तथा २१ औं साधारणसभाको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । विविध सांगीतिक तथा सामाजिक कार्यक्रमको साथमा सातौँ अधिवेशन तथा २१ औँ साधारण सभा भव्य रुपमा सम्पन्न गर्न लागिएको प्रतिष्ठान पर्वतका अध्यक्ष पशुपति कार्की पुजाले जानकारी दिनुभयो । ‎सप्ताहव्यापी कार्यक्रम अन्तर्गत यहीँ कार्तिक १७ गते लोक दोहोरी गित सम्बन्धि अन्तरक्रिया गोष्ठी, १८ गते कुश्मा नगरपालिका–२ खुर्कोट बोडिस्वारामा कुर्सी हस्तान्तरण,१९ गते नयाँ पुल, खरेहा र गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा होर्डिङ बोर्ड मर्मत तथा कुसन हस्तान्तरण, ‎२० गते बागलुङमा रहेको मानव सेवा आश्रममा भोजन गराइने, २१ गते कुश्माको युनिभर्सल पार्टी प्यालेसमा जिल्ला स्तरीय दोहोरी गीत प्रतियोगिताको आयोजना गर्ने र अन्तिम दिन कात्तिक २२ गते महिला कलाकार सम्मान, आर्थिक सहयोग कार्यक्रम सहित कार्यक्रम समापन गरिने उहाँले बताउनुभयो । कार्यक्रम बोल्दै प्रमुख अतिथि  नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले प्रतिष्ठानको कार्यक्रमलाई सफल बनाउन पत्रकारहरुको तर्फबाट सकारात्मक साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै प्रतिष्ठानका सल्लाहकारद्वय कृष्ण अखेली र आरसी पौडेलले राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान पर्वतले बिगतदेखी नै विभिन्न सकारात्मक र रचनात्मक कार्यहरू गर्दै आइरहेको र अधिवेशनमा पनि महत्त्वपूर्ण कार्यक्रमहरु आयोजना गरेको बताउदै सबैसँग साथ र सहयोगको अपिल गर्नुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रदेखि जिल्लासम्मका समितिहरूको कार्यकाल तीन वर्षको रहने गरेको छ । तीन वर्ष अगाडी छैठौं अधिवेशनबाट नेतृत्व सम्हालेकी कार्कीको कार्यकालमा सयौँ गतिविधिहरू सम्पन्न भएका छन् । उहाँको कार्यकालमा प्रतिष्ठानले गण्डकी प्रदेशमा दुई पटक र केन्द्रमा एक पटक देशकै उत्कृष्ट जिल्ला बनेको छ । विपन्न बालबालिकालाई स्टेशनरी र खाद्यान्न वितरण, कलाकार सम्मान, नभ प्रतिभा सम्मान, महिला कालाकार सम्मान, खाद्यान्न वितरण, बृक्षरोपण, सार्वजनिक स्थल सरसफाइ, कुर्ची तथा सङ्गीतका सामग्री वितरण, अपाङ्गता भएका तथा असहायलाई सहायता वितरण, दीर्घ रोगीलाई नगद सहयोग, बालबालिकाको सहयोगार्थ ’जिबब लाइभ कन्सर्ट’, सडक महोत्सव, लोक तथा दोहोरी प्रतियोगिता, लगायत साङ्गीतिक कार्यक्रमहरू आयोजना, विद्यालयहरूमा खाद्यान्न सहयोग, बिरामीहरूका लागि न्यानो कपडा अभियानहरू सञ्चालन भएका छन् । प्रतिष्ठानकि अध्यक्ष पशुपति कार्की पुजाको अध्यक्षतामा संचालित पत्रकार सम्मेलन कार्यक्रमको संचालन उपाध्यक्ष सन्तोष सुवेदीले गर्नुभएको थियोे ।

ताजा

Related Articles