पर्वत- सर्जक तथा मोडल सागर सुनार रसाइलीको नयाँ लोक तथा दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौँ कन्ट्रक्टिङ र स्मृति गार्मेन्टको प्रस्तुतिमा लोकदोहोरी गित ‘मनमुटुमा’ बोलको गीतको भिडियो शुक्रबार कुलेन्द्र बिश्वकर्मा´ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
गितमा शान्ति श्री परियार र अनिल बि.क को स्वर रहेको छ भने लय तथा संगीत अनिल बि.क ले भरेका छन्। गीतका शब्द स्वयं सागर सुनार रसाइली ले लेखेका हुन्।
गीतको अभिनयमा स्मृति थापा र सागर सुनार रसाइली देखिन छन्। भिडियोको निर्देशन कृष्ण सेन्चुरी ले गरेका छन् भने क्यामेरामा भबिन तामाङ र प्रेम गिरि को काम रहेको छ।
एरेन्ज झलक संगीतम, मिक्सिङ/माष्टरिङ सन्जय श्रीपाल, रेकर्डिङ गोविन्द वली, रमेश नेपाली र दिवस थापा मगर द्वारा गरिएको हो। गीतको रेकर्डिङ काठमाडौँस्थित मुर्चुङ्गा डिजिटल तथा पोखरास्थित बाँसुरी डिजिटल स्टुडियोमा सम्पन्न भएको निर्माण टिमले जनाएको छ। भिडियो सम्पादन रोशन धिताल ले गरेका छन्।
गीतको भिडियो हेर्नुहोस!

