18.1 C
Kathmandu
Monday, March 30, 2026

बिकको पहलमा ठानामौलाका २ वटा बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

पर्वतको फलेवास नगरपालिका-८ ठानामौलाका ४५ जना विद्यार्थीहरुलाई शुक्रबार शैक्षिक सामाग्री वितरण गरिएको छ ।ठानामौला अर्चलेमा रहेको श्री शिसुकल्याण आधारभुत विद्यालयका १७ जना विद्यार्थीहरुलाई विद्यालय पोषक ट्रेकसुट, टिसर्ट र शैक्षिक सामाग्री कपी कलम वितरण गरिएको हो ।
त्यस्तै सोही वडा नेपानेमा रहेको श्री सरस्वती प्राविका २७ जना विद्यार्थीहरलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।

पर्वत जिल्ला फलेवास नगरपालिका ८ अर्चले घर भै रोजगारीको शिलसिलामा भारतको मन्द्रास रहेका पृथ्वी विकको पहलमा संकलन भएको रकमवाट विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

कार्यक्रममा वोल्दै शिसुकल्याण आधारभुत विद्यालयका प्रधानध्यापक मोहनराज शर्माले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोगले शैक्षिक विकासमा सहयोग पुग्ने वताउदै सहयोगीदाताहरुलाई धन्यावाद दिनुभयो ।

उहाले सोडेक नेपाल पर्वतवाट निरन्तर सहयोग भै रहेकोमा पछिल्लो समय देश विदेशमा रहेका सुभचिनतकहरुवाट समेत विद्यालय तथा विद्यार्थीहरुलाई सहयोग गर्ने गरकोमा आफू निकै हर्षित भएको वताउदै विद्यालयका अन्य समस्यहरु पनि यसरी नै समधान हुन सकेमा नमुना विद्यालय बन्ने आशा व्यक्त गर्नुभयो ।

शिसुकल्याण आधारभुत विद्यालयमा सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका वि व्या स अध्यक्ष विष्णू प्रसाद भुसाल, सोडेक नेपालका प्रतिनिधी तिल कुमारी शर्मा, समाजसेवी याम प्रसाद जिसी, शैक्षिक विकास अभियान कर्ता दिल सागर विसी लगायत अभिभावकहरुको उपस्थिती रहेको थियो ।

ताजा

Related Articles