18.1 C
Kathmandu
Sunday, March 29, 2026

पर्वतको बनौंमा बैशाख १८ देखि २६ गतेसम्म बुद्ध जयन्ती मेला आयोजना हुँदै

लक्ष्मण बिसि

१५ चैत २०८२,पर्वत- पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ९ बनौंमा आगामी २०८३ साल बैशाख १८ गतेदेखि २६ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। २५७० औं बुद्ध जयन्तीको अवसरमा बनौं युवा क्लबको आयोजना बुद्ध जयन्ती मेला आयोजना गर्न लागिएको हो ।  स्थानीय कला सांस्कृतिक र खेलकुदको विकाससँगै आपसी सद्भाव, भाइचारा र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको क्लबका अध्यक्ष राजकुमार पुनले जानकारी दिनुभयो ।

मेलामा पुरुष भलिबल प्रतियोगिता, प्रौढ भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, पुरुष बास्केटबल प्रतियोगिता, अठार बर्ष मुनिको बास्केटबल प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको मेला आयोजक समिति अध्यक्ष कुमार पुनले बताउनुभयो । खुल्ला गाउँ स्तरीय भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १११, दित्तिय पुरस्कार ८८ हजार ८८८, प्रौढ भलिबलको प्रथम पुरस्कार १ लाख, दित्तिय पुरस्कार ७० हजार, महिला भलिबलको प्रथम पुरस्कार ५० हजार, दित्तिय पुरस्कार ३० हजार रहेको छ । त्यस्तै पुरुष बास्केटबल प्रतियोगिताको प्रथम पुरस्कार १ लाख, दित्तिय पुरस्कार ७० हजार र अठार बर्ष मुनिको बास्केटबल प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार र दित्तिय पुरस्कार २० हजार रहेको छ । सबै प्रतियोगिताका विजेताहरुलाई ट्रफि, मेडल र प्रमाणपत्रको समेत व्यवस्था रहेको छ । आगामी बैशाख २५ गते बुद्ध जयन्तीको अवसरमा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साथमा बेजोड सांस्कृतिक कार्यक्रम हुने मेला संयोजक समेश रुचालले बताउनुभयो । मेलालाई सफल बनाउन सबैको सकारात्मक साथ र सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

‎कार्यक्रमले गाउँस्तरमा खेलकुदको विकास, संस्कृतिको जगेर्नासँगै सामाजिक एकता मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

ताजा

Related Articles