16.1 C
Kathmandu
Friday, April 3, 2026

एसईई परीक्षाकै दिन उत्तरपुस्तिका परिक्षण, १ महिनाभित्र नतिजा आउने

२० चैत २०८२,पर्वत-पर्वतमा माध्यमिक शिक्षा परीक्षा एसईइको उत्तरपुस्तिका परीक्षाकै दिन परिक्षण गरिएको छ ।
‎परिक्षा सकिएको एकमहिना भित्रमा नै नतिजा प्रकाशन गर्ने उद्देश्यका साथ परीक्षाकै दिन उत्तरपुस्तिका परिक्षण गरिएको शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मोतीलाल चपाईले बताउनुभयो ।
‎परीक्षा मर्यादित र व्यवस्थित तरिकाले संचालन भएको उहाँले बताउनुभयो ।
‎जिल्लामा ९ वटा परीक्षा केन्द्रबाट  १ हजार ६८४ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
‎राष्ट्रिय परीक्षा बोर्डले एसईई सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका २०८२ अनुसार परीक्षाकै दिन उत्तरपुस्तिका परीक्षण गर्ने जनाएको छ ।
‎यो वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईईका लागि फारम भरेका छन् ।चैत १९गतेदेखि  सुरु भएको परीक्षा २९ गते सम्पन्न हुनेछ ।

ताजा

Related Articles