23.1 C
Kathmandu
Sunday, April 5, 2026

प्रदेश अस्पताल पर्वतको आयोजनामा महाशिलामा स्वास्थ्य शिविर सम्पन्न, १३२ जना लाभान्वित

२२ चैत २०८२, पर्वत-पर्वतको महाशिला गाउँपालिका-५, लुँखुदेउराली स्थित महाशिला आधारभूत अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको आयोजना र महाशिला गाउँपालिकाको समन्वयमा उक्त शिबिर सनिवार सम्पन्न भएको हो । उक्त शिविरबाट हाडजोर्नी तथा नशारोग  र महिला रोग सम्बन्धि समस्या भएका १ सय ३२ जना बिरामीहरु लाभान्वित भएका छन् ।

‎कार्यक्रममा बोल्दै प्रमुख अतिथि महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुबा बिकले पालिकाबासीको स्वास्थ्य हितलाई मध्यनजर गर्दै प्रदेश अस्पताल पर्वतको सहकार्यमा निशुल्क स्वस्थ्य शिबिर आयोजना गरिएको बताउनुभयो ।

‎प्रदेश अस्पताल पर्वतको नियमित /पुर्व निर्धारित कार्यक्रम अनुरुप “स्थानीय स्तरमा चिकित्सा सेवा बिस्तार” कार्यक्रम अन्तर्गत दोस्रो चरणको शिविर आयोजना गरिएको प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम बहादुर परियार शिवले जानकारी दिनुभयो ।

‎नागरिकलाई सहज र गुणस्तरीय स्वस्थ्य सेवाप्रति प्रदेश अस्पतालले जोड दिएको बताउदै स्वास्थ्य व्यक्तिबाट नै समृद्ध देश बन्न सक्ने परियारले बताउनुभयो । कर्मचारी,चिकित्सक,स्वस्थकर्मी र स्वास्थ्य परिक्षणमा आउनुभएका सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ५ लुंखुदेउरालीका वडा अध्यक्ष चन्द्रबहादुर मल्ल,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देबेन्द्र पाण्डेय, स्वास्थ्य शाखा प्रमुख नरबहादुर बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

‎स्वास्थ्य शिविरमा प्रदेश अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट तथा हाडजोर्नी र नशारोग विशेषज्ञ डा. ढुन्डिराज पौडेल, महिलारोग विशेषज्ञ डा. प्रियशा अधिकारी,महाशिला आधारभूत अस्पतालका डा. सनम ढकाल लगायतले बिरामीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको थियोे । कार्यक्रमको संचालन गाउँपालिका स्वास्थ्य शाखाका सिनीयर अहेब कृष्णबहादुर रानाले गर्नुभएको थियो ।

ताजा

Related Articles