१ कार्तिक २०८३
पर्वत-पर्वतको फलेबास नगरपालिका–६ देविस्थानमा आजदेखी तीनदिने ऐतिहासिक देवीलीला कार्यक्रम संचालन हुने भएको छ।
संस्कृति संरक्षण समिति परिवार फलेबास–६ को आयोजनामा कार्तिक १, २ र ३ गते देवीलीला चोकमा कार्यक्रम सञ्चालन हुने भएको हो।
धर्म, संस्कृति तथा मौलिक परम्पराको संरक्षण गर्ने उद्देश्यले हुने उक्त कार्यक्रम तीनदिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रम प्रत्येक दिन राति ७ः३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
कार्यक्रममा सारुङ्गे नाच, नारदजी नाच, देवी नाच, शंकरजी नाच, महाकालीको शक्ति प्रदर्शनलगायत विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछन्। यस्तै देवी–राक्षस युद्धसम्बन्धी नाट्य प्रस्तुति पनि देखाइने आयोजकले जनाएको छ।
स्थानीय मौलिक संस्कृति, धार्मिक परम्परा र सांस्कृतिक पहिचानलाई संरक्षण तथा नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। बिगत केहि वर्ष कार्यक्रम विविध कारणले रोकिए पनि यस बर्ष भब्यताका साथ निरन्तरता दिने विनोद भुसालले जानकारी दिनुभएको छ ।
कार्यक्रमको मूल सन्देश ‘जगत् जननीलाई ल्याउनै पर्छ, इन्द्रको राज्य हाम्रै हो’ रहेको छ। ‘हाम्रो संस्कृति, हाम्रो गौरव, हाम्रो परम्परा, हाम्रो पहिचान’ भन्ने भावनासहित देवीलीलालाई निरन्तरता दिन लागिएको उहाँले बताउनुभयो ।
नेपालीहरुको महान पर्व बडा दशैको उपलक्ष्यमा हरेक बर्ष त्यस ठाउँमा देविलिला प्रदर्शन हुने गर्दछ ।




