निर्मल पौडेल, पर्वत / पर्वत अस्पतालको निर्माणाधीन नयाँ भवन अस्पताल लाई हस्तान्तरण गरिएको छ। मंगलवार एक कार्यक्रमका विच निर्माण कम्पनिका सम्बन्धित व्याक्तिले अस्पतालका अध्यक्ष शंकर गिरि लाई हस्तान्तरण गरेका हुन्।
अस्पतालका निर्माण सम्पन्न भएका ब्लक ‘A’ , ‘B’ र ‘C’ डिपार्ट श्री सघन शहरी तथा भवन निर्माण आयोजना बाग्लुङ मार्फत् निर्माण कम्पनी प्रतिनिधिको उपस्थितिमा पर्वत अस्पताललाई हस्तान्तरण गरिएको हो।
नवनिर्मित भवनको स्वामित्व ग्रहण गर्दै पर्वत अस्पताल व्यबस्थापन समितिका अध्यक्ष शंकर गिरिलेअस्पतालमा हाल थपिएका सेवा सुविधाहरू सँगै सेवा लिने बिरामीहरूको चाप समेत बढ्दै गइरहेकाले नयाँ भवन बाट सहज स्वास्थ सेवा प्रवाह गर्ने गरि काम अगाडि बढाइएको बताए ।
गिरिले भने “हामिले अहिले स्वास्थ्य सेवा लाई चुस्तदुरुस्त गराउनका लागि भवनको अभाव देखिएका कारण हाल निर्माण सम्पन्न भएका ब्लक हरूको स्वामित्व लिएर सेवा दिने प्रक्रियामा जुटिरहेका छौँ” अब बाकी प्रक्रिया मिलाएर सवै सेवाहरु नयाँ भवन बाट २-४ दिनमै संचालन गर्नेछौ गिरिले बताए।
निर्माण पूरा भएका ए, बी र सी ब्लक भवनलाई सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले अस्पताललाई हस्तान्तरण गरिसकेको अस्पतालका सूचना अधिकारी लक्ष्मणप्रसाद उपाध्यायले जानकारी दिए।
भवन लिफ्टको सुविधासहित अपाङ्गता तथा बिरामीमैत्री रहेको उपाध्ययले बताए। नयाँ भवन बाट सेवा बिस्तार गरेपछि बिरामीहरूले सहज तरिकाले व्यवस्थित तथा गुणस्तरीय स्वास्थ्य सेवा पाउनुका साथै अस्पताललाई आफ्नो सेवा प्रवाहमा समेत सहज हुनेछ। अस्पतालमा शंकर गिरि आए सङ्गै सेवा सुविधामा विस्तार भएको छ।

