21.1 C
Kathmandu
Friday, April 17, 2026

बाग्लुङको दमेकमा टाइफाइड विरुद्ध खोप लगाइदै, खोप केन्द्र तालिका सहित!

बाग्लुङ/बाग्लुङको जैमिनी नगरपालिकामा पनि चैत २५ गतेदेखि टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । जैमिनी नगरपालिका २ दमेकमा उक्त खोप अभियानको लागि स्वयंसेवक स्तरीय,प्रअ तथा शिक्षक स्तरिय, वडा खोप समन्वय समिती तथा अन्य सरोकारवालाहरुलाइ अभिमुखिकरण गरिसकिएको उक्त खोप लगाउन१५-२३ महिनाका बालबालिकाले अनिबार्य खोप कार्ड लिएर आउनुपर्ने स्वास्थ्य चौकी प्रमुख हेम कमल क्षेत्रीले जानकारी दिनुभयो । जैमिनी२ दमेकमा करिब ५ सय ५० बालबालिकालाई खोप दिने तयारी रहेको दमेक स्वास्थ्य चौकिले जनाएको छ ।
खोप पूर्ण सुरक्षित र प्रभावकारी र खोपमा अहिलेसम्म मेजर साइड इफेक्ट नदेखिएकाले ढुक्क भएर खोप लागाउन आग्रह क्षेत्रीले आग्रह गर्नुभएको छ ।

चैत्र २५ देखी वैशाख १८ सम्म नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको हो । देशभरका करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
५ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई एक मात्रा खोप दिन लागिएको हो । अभियान पछि १५ महिनाका प्रत्येक बालबालिकालाई नियमित खोप कार्यक्रममार्फत टाइफाइडविरुद्धका एक मात्रा खोप दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।
अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको विद्यालय र विद्यालय नभएको ठाउँमा वडामा खोप केन्द्रमा संचालन हुने छ।

पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार नेपालमा वर्षेनी औसतमा चार लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड संक्रमण हुने अनुमान छ । तीन वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरूमध्ये तेस्रो र अस्पताल भर्ना हुने कारणहरूमध्ये यो रोग चौथो कारणमा रहेको छ ।
नेपालमा टाइफाइडको प्रति एक लाखमा १० हजार ९६० संक्रमण दर रहेको छ ।
यो रोगको संक्रमण सबै उमेर समूहमा हुने भए पनि १५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्ने । टाइफाइड खोपबाट संक्रमणमा कमि आउनुको साथै बाल मृत्यु दर न्युन हुने अपेक्षा गरिएको छ । यस पहिले बालिबालिकाले १२ प्रकारका खोप लगाउदै आएकोमा यो १३ औँ खोप हो ।
टाइफाइडविरुद्धको खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हुने भएको छ । नेपालमा हाल दिन लागिएको खोप विश्व स्वस्थ्य संगठनले सिफारीस गरेको टाइफाइड कन्ज्युगेट भ्याक्सिन हो ।
यो खोप लगाएपछि अन्य खोपहरूमा जस्तै केही सामान्य असर हुनसक्ने भएकाले खोप लगाइसकेपछि बालबालिकालाई आधा घण्टासम्म निगरानीमा राखिने छ । सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू दुख्ने जस्ता सामान्य लक्षण देखिन सक्ने बताइएको छ ।

ताजा

Related Articles