23.1 C
Kathmandu
Friday, April 17, 2026

तनहुँको आँबुखैरेनीमा सडक भासिएको ठाउँमा दुई जना पुरुषको शव भेटियो

काठमाण्डाै – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिएको ठाउँभन्दा तल दुई जनाको शव भेटिएको छ ।

मर्स्याङ्दी नदी किनारमा दुई पुरुषको शव भेटिएको र मृतक दुवैको परिचय खुल्न नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिनुभयो । त्यहाँ कार र मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाले अन्य व्यक्ति पनि हुनसक्ने आशङ्कामा पोखरा र चितवनबाट आएको गोताखोर टोलीले नदीमा खोजीकार्य गरिरहेको छ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण सडक भासिँदा राजमार्ग अवरुद्ध छ। सडकको तलको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म गाडी आवतजावत ठप्प हुने तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो।

ताजा

Related Articles