21.1 C
Kathmandu
Friday, April 17, 2026

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौँ- नवलपरासी (पश्चिम), सर्लाही र कपिलवस्तुमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।नवलपरासी(पश्चिम)को बर्दघाट नगरपालिका–१३ मुदनपुरा बस्ने १८ वर्षीय राजन कोहारको करेन्ट लागेर सोमबार मृत्यु भएको हो ।

आफ्नै घरको कोठामा सुतेको अवस्थामा टेबुल पङ्खा पल्टिएर करेन्ट लाग्दा  गम्भीर घाइते भएका उनको सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

सर्लाहीको गोडैता नगरपालिका–११ बस्ने ७५ वर्षीया मकुरचन देवी मण्डलको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको  छ ।आफ्नै घरमा मोटर जडान भएको कल चलाई नुहाउने क्रममा करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–४ हरिहर पुर बस्ने ६५ वर्षीय निम बहादुर भुसालको करेन्ट लागेर सोमबार राति मृत्यु भएको छ ।

आफ्नो घर पछाडि रहेको टिनको पालीमा विद्युत्को तार टुटेको देखेपछि उक्त तार मर्मत गर्न खोज्दा करेन्ट लागेर गम्भीर घाइते भएका उनको चार नम्बरस्थित चन्द्र पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।

ताजा

Related Articles