17.1 C
Kathmandu
Thursday, April 30, 2026

कालिगण्डकीमा अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको पालिकाले लिलाम गर्ने

पर्वत- पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलाम बिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ । ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएको नदीजन्य बस्तुको आवश्यक प्रक्रिया पूरा गरी जफत गर्न जलजला गाउँपालिकाले सरोकारवालाहरुको सहयोगमा सोमबार नापजाच गरेको हो ।

पर्वतको वारी बेनीदेखि डम्मु खोलासम्म कालीगण्डकी नदीमा अवैध रुपमा उपकरण प्रयोग गरेर नदीको किनारमा थुपारिएको बालुवाको लिलाम बिक्रीको लागि नापजाँच गरेको जलजला गाउँपलिका उपाध्यक्ष एवम् अनुमगन टोलीका संयोजक दिपक आचार्य, (आकाश)ले बताए ।
पालिकाले गत साउन १८ गते पर्वतस्थित कालीगण्डकी नदीमा बालुवा चोर्न प्रयोग भएका डोजरहरु शिल गरिएको थियो ।बर्षातको समयमा उत्खनन् गर्न नपाउने नियम हुदाँहुदै व्यवसायीले एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन् गर्ने बेच्ने गरेका छन् । क्रसर व्यवसायीले चाहिँ विना टेन्डर गाउँपालिकाले रसिदबाट आम्दानी गर्न खोजेको र प्रतिवाद गर्दा अनावश्यक दुख दिएको बताएका छन् ।

ताजा

Related Articles