21.1 C
Kathmandu
Thursday, April 16, 2026

शैक्षिक सुधारमा जलजला गाउँपालिका, उपलव्धी मापन गर्न पालिका स्तरीय परिक्षा संचालन गरिने

पर्वत-जिल्लाको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि उपलव्धी मापन गर्न पालिका स्तरीय परिक्षा संचालन गर्ने भएको छ । अधिकाँश स्थानीय तहहरुले कक्षा ८ को पालिका स्तरीय परिक्षा सञ्चालन गदै आएपनि जलजलाले ३, ५, ८ र १० का बिद्यार्थीहरुको उपलव्धी मापन गर्न पहिलो पटक परिक्षा सञ्चालन गर्न लागेको हो । ९ वटा केन्द्र तोकेर बिहिवार एकै पटक एक हजार दुई सय १८ जना बिद्यार्थीहरुलाई परिक्षामा सहभागी गराउन लागिएको शिक्षा अधिकृत त्रिबिक्रम आचार्यले जानकारी दिनुभयो ।

बिद्यालयले लिने आन्तरीक परिक्षा भन्दा फरक छ र यसबाट विद्यार्थीको कमजोरी पहिचान गरि सुधारका लागि शिक्षक तथा विद्यार्थीहरुलाई सहयोग पुग्ने अपेक्षा गरिएको शिक्षा अधिकृत आचार्यले बताउनुभयो । पालिका बाहिरबाट प्रश्नपत्र बनाएको गाउँपालिकाले जनाएको छ ।
बाँसखर्कको ज्यातीमण्ड मावि, मल्लाजको बिद्याज्याती मावि, वारीबेनीको न्यू होराइजन आवासीय मावि, लकेफाँटको ग्रामप्रकाश मावि, मालिका आधारभूत विद्यालय, धाइरिङको कृष्णभवन धर्म मावि, नाग्लीवाङकाृ जककल्याण मावि, बनौको धवलागिरी आधारभुत विद्यालयमा केन्द्र कायम गरिएको छ ।

तल्लो तहका विद्यार्थीहरुको सिकाई उपलव्धीको पहिचान गर्ने, उनीहरुलाई बाहिरको विद्यालयमा हुने केन्द्रमा गएर परिइाा दिन मानसिक रुपमा तयार बनाउने, शिक्षकलाई पुष्ठपोषणमा सहयोग पुगोस भनेर पालिकास्तरीय परिक्षा संचालन गर्ने कार्यक्रम बनाएको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनु भयो । लामाखेतमा बुधवार भएको अभिमुखीकरण कायृक्रममा अध्यष आचार्यले केन्द्राध्यक्षहरुलाई फरक किसिमले शैक्षिक सुधारको प्रयासका लागि सञ्चालन गर्न लागिएको परिक्षालाई प्रभावकारी र उद्देश्यमुलक बनाउन निर्देशन दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत कुशल सुवेदीले परिक्षालाई मर्यादीत र व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशन दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठनका नारायण मल्ल, नेपाल शिक्षक संघका हरिनारायण रेग्मी र एकिकृत अखिल नेपाल शिक्षक संगठनका नारायणदत्त रेग्मीले यो परिक्षाले शिक्षकहरुको मूल्याङ्कन गर्ने वातावरण मिल्ने बताउनुभयो । न्यु होराइजन आवासीय माविका केन्द्राध्यक्ष रघुनाथ आचार्यले पहिलो अभ्यास भएपनि परिक्षालाई सबैसँग समन्वय गरेर सफल बनाउने प्रतिवद्धता जनाउनुभयो ।

यसअघि जलजला गाउँपालिकाले पालिकाका सबै ४७ वटा विद्यालयको अनुगमन गरेको थियो । गाउँपालिकाका पदाधीकारी, शिक्षा शाखाका कर्मचारी र सरोकारवालाहरुको टोलीले कक्षा अवलोकन, अनुगमन, विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति र अभिभावकहरुसँग छलफल गरेको थियो । अभिमुखीकरण कार्यक्रमको सञ्चालन शिक्षा शाखाका कर्मचारी दामोदर शर्माले गर्नुभएको थियो ।

ताजा

Related Articles