पर्वत-नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्वतको अध्यक्षमा चन्द्र बिक निर्वाचित हुनुभएको छ । बुधबार कुश्मामा सम्पन्न छैठौं जिल्ला अधिवेशनबाट बिक अध्यक्षमा निर्वाचित हुनुभएको हो । समाजको उपाध्यक्षमा देवेन्द्र नेपाली र निर्मल नेपाली, सचिवमा भिमसेन बराइली, उपसचिवमा कुल बहादुर हिताङ र सृजना विश्वकर्मा तथा कोषाध्यक्षमा धनसुबा बिक चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा बल बहादुर विश्वकर्मा, सीता बिश्वकर्मा, गिता नेपाली, दिवाखर विश्वकर्मा, कमलराज नेपाली, ठान बहादुर नेपाली परियार, माया विश्वकर्मा, केश बहादुर विश्वकर्मा, उमालाल नेपाली, उमादेवी विश्वकर्मा, सुर्य बहादुर दर्जी, भिम बहादुर विश्वकर्मा, लाल बहादुर विश्वकर्मा, सुनिता सुनार, गोपाल विश्वकर्मा, गिता विश्वकर्मा, खड्क बहादुर बोहरा, बिष्णु कामी, धनिलाल कामी, धन सुनार खाती र तुलबहादुर नेपाली रहनुभएको छ ।
यहीँ बैशाख २६ र २७ गते कुश्मामा सम्पन्न छैठौं जिल्ला अधिवेशनमा नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय अध्यक्ष मनोहर बि पौडेल लगायत पार्टीका शिर्ष नेताहरूहरुको उपस्थिति रहेको थियो ।

