19.1 C
Kathmandu
Friday, April 17, 2026

बागलुङको बरेङमा बजार अनुगमन,म्याद नाघेका खाद्य सामान बरामद गरी नष्ट

भुमा मगर,बागलुङ-बागलुङको बरेङमा बजार अनुगमन गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको टोलीले शनिबार बरेङ गाउँपालिकाको वडा नं. १ र २ को संगम स्थल बरेङ बजारमा अनुगमन गरिएको हो । टोलीले बजारका किराना,फेन्सी पसल ,होटेल तथा रेष्टुरेण्टहरुमा अनुगमन गरेको हो । अनुगमनका क्रममा म्याद नाघिएका खाद्यान्न भेटिएको, दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, केहि पसलमा बिल, छाप नभएको, मूल्यसूचि नराखी कारोबार गरिएको, एकै ठाँउमा फरकफरक प्रकृतिका सामानको व्यवसाय गरेको पाईएको निमित्त प्रजिअ बरालले बताउनुभयो । अनुगमनमा म्याद नाघेका खाद्य सामाग्रीहरु बरामद गरी नष्ट गरीएको ,व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न, आवश्यक कागजपत्र सबै पसलमै राख्न र फरक फरक प्रकृतिका व्यवसाय एकै ठाँउमा नराख्न सुझाव दिईएको छ ।

अनुगमनका क्रममा म्याद समाप्त भएका सोयाविन तेल, भुजा, चाउचाउ, कुरकुरे, सुजी, तिल, बेसार, तोरीको तेल, पोटेटो क्रेकर,पोटेटो चिप्स,फुरनदाना,काजु, सनफ्लावर तेल,बिस्कुट लगायतका खाद्यान्न बरामद गरी गाउँपालिका उपाध्यक्ष तथा गाउँपालिका अनुगमन संयोजक दिलिप कुमार पुनको रोहबरमा मुचुल्का तयार पारी नष्ट गरिएको इप्रका बरेङ डाँडाका प्रहरी निरीक्षक जनकराज रेग्मीले जानकारी दिनुभयो । अहिले पहिलोपटकको अनुगमन भएकाले आवश्यक प्रक्रिया पुरा गरी व्यवसाय सञ्चालन गर्न र म्याद नाघेका सामान बिक्रि नर्गन व्यवसायीहरुलाई सुझाव दिइएको प्रहरी निरिक्षक रेग्मीले बताउनुभयो  । निमित्त प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल,नासु राम प्रसाद उपाध्याय,बरेङ गाउँपालिकाका उपाध्यक्ष दिलिप कुमार पुन,गाउँपालिकाका जनस्वास्थ्य निरिक्षक पदम बहादुर पुन,बरेङ बजार व्यवस्थापन समितिका अध्यक्ष डिलराज पुन,इपरी न्युज डटकमका सहसम्पादक प्रकाश छन्त्याल लगायत इलाका प्रहरि कार्यालय बरेङ डाँडाकोे टोली,पालिकाका कर्मचारी र पत्रकारहरुको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।

ताजा

Related Articles