पर्वत – प्रतिनिधि सभाका सदस्य सांसद पदम गिरी निर्वाचन क्षेत्रका जनतासंगै एक साता घरदैलो अभियान सञ्चालन गर्ने भएका छन् । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद एमालेका प्रमुख सचेतक समेत हुन् । पर्वत जिल्लाका विभिन्न गाउँ वस्तीहरुमा घरदैलो अभियान सहित जनगुनासो सुन्ने कार्यक्रम लिएर सांसद गिरी बुधवार देखि गाउँ अभियानमा निस्कने भएका हुन् ।
एमाले जिल्ला उप सचिव बिमल लामिछानेका अनुसार गिरीले मोदी गाउँपालिकाका विभिन्न वस्तीहरुमा घरदैलो सकेपछि फलेवासका विभिन्न वडाहरुमा जनगुनासो सुन्ने कार्यक्रम लिएर जान लागेका हुन् । आर्थिक मन्दीका कारण विदेश पलायन बढिरहेको बेलामा विकास आयोजनाहरु ठप्प प्रायः बनेका छन् । गिरीले जनतासंग दोहोरो सम्बाद नगर्दा देशको वर्तमान अवस्थाको बारेमा जनतालाई थाहा नहुने भन्दै गाउँ वस्तीमै पुगेर जनतासंग भेटेने नियमित सेडुएल बनाएको बताए ।
संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री समेत रहेका गिरी अवको एक हप्ता जिल्लाका विभिन्न वडाहरुमा पुगेर जनगुनासो सुन्न र देशको वर्तमान अवस्थाको बारेमा जनतालाई जानकारी गराउने कार्यक्रम बनाएका हुन् ।

