22.1 C
Kathmandu
Saturday, May 30, 2026

ईपीएसका विद्यार्थीले जलाए मन्त्री ज्वालाको गाडी

काठमाडौँ– रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी गरेका छन् ।

बा२झ ५८६१ नम्बरको सरकारी गाडीमा  जढेर पार्टीको बैठकमा सहभागी हुन जाँदै गरेका मन्त्री ज्वालालाई निकालेर प्रदर्शनकारीहरूले गाडीमा आगजनी गरेका हुन्। आगजनीबाट गाडी पूर्ण रूपमा ध्वस्त भएको छ ।

ईपीएस कार्यालय ग्वार्कोमा प्रदर्शन गर्न पुगेको युवाहरूको समूहले प्रदर्शन गर्दा बालकुमारी क्षेत्रको सडक अवरुद्ध भएको छ ।

कोरियाली भाषा परीक्षाका लागि सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै आवेदन दिन पाउने बताइएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि ईपीएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो ।

ताजा

Related Articles