22.1 C
Kathmandu
Saturday, May 30, 2026

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

काठमाडौ-नाबालिग बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई काठमाण्डू जिल्ला अदालतले दोषी ठहर गरेको छ।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले शुक्रवार उक्त फैसला सुनाएको हो।

तर सजाय तोक्नका लागि पुस २५ मा पेसी तोक्न भनिएको अदालतका श्रेस्तेदार रामु शर्माले बीबीसीलाई बताए।

फैसलाबारे उनले भने: “पीडितको उमेर १८ वर्ष पूरा भएको देखियो, तर भएको करणी सहमतिमा भएको देखिएन।”

पीडित किशोरीको उमेर १८ वर्ष पुगिसकेको विभिन्न निकायबाट प्राप्त सरकारी कागजपत्रबाट देखिएको अदालतले जनाएको छ।

तर उनको “नाजुक आर्थिक अवस्थाको फाइदा उठाएको” अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।

ताजा

Related Articles