पर्वत-पर्वतको कुश्मामा “युवा विकासका लागि सकारात्मक सोच ” बिषयमा सेमिनार सम्पन्न भएको छ । जेसिज पर्वतको आयोजनामा उक्त कार्यक्रम बिहिवार सम्पन्न भएको हो ।
जेसिजले “युवा विकासका लागि सकारात्मक सोच “भन्ने मूल नारालाई आत्मसाथ गर्दै विभिन्न रचनात्मक कार्यक्रमहरु संचालन गर्दै अएको पर्वत जेसिज-२०२४ का अध्यक्ष मिलन पौडेलले जानकारी दिनुभयो । यहीँ माघ १८ गते पर्वत जिल्लाको कुश्मा स्थित विभिन्न विद्यालयका कक्षा ९, १०, ११, १२ तथा डिप्लोमा तहका बिद्यार्थीहरुका लागी “युवा विकासका लागि सकारात्मक सोच” विषयमा रहेर सेमिनारको आयोजना गरिएको उहाँले बताउनुभयो । राष्ट्र निर्माणका अभियन्ता एवं परिवर्तनका सम्वाहक युवाहरुमा निहीत जोश जाँगरलाई विधिको शासन, आर्थिक न्याय, विश्व बन्धुत्व र मानवताको सेवामा समाहित गराउँदै तालिम र अभ्यासको माध्यमबाट युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले सन् १९९६ मा पर्वत जेसीजको स्थापना भएको पौडेलले बताउनुभयो ।
उक्त कार्यक्रममा पर्वत जेसीजका पुर्व सदस्य, सोच समुह नेपालका संयोजक, नेपाल जेसीज वर्ष २०११ का राजेन्द्र ओराटर का राष्ट्रिय बिजेता अन्तिम गुरुङले प्रशिक्षण दिनुभएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सदस्य, पर्वत क्षेत्र नं. १ का सांसद भत्त कुवरले युवाहरुमा जवसम्म सकारात्मक सोचआउदैन तबसम्म त्यो युवाको विकाश हुदैन भन्ने भनाई राख्नुभएको थियो । सम्पुर्ण बिद्यालयको तर्फबाट नारायण मा.वि. का प्र.अ. प्रकाश रिजाल, पर्वत जेसीज अध्यक्षिय क्लव का अध्यक्ष जेसी बिनोद कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । कार्यक्रममा नेपालि कंग्रेस पर्वतका उप सभापति, पर्वत जेसीजका मानार्थ सदस्य डा. चुडामणी शर्मा, नारायण मा.वि. का प्र.अ. प्रकाश रिजाल, पर्वत जेसीज अध्यक्षिय क्लव का अध्यक्ष जेसी बिनोद कुमार श्रेष्ठ, पर्वत जेसीजका सम्पुर्ण पुर्व अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । कुश्मा स्थित प्राइभेट बोर्डीङ स्कुलहरु एवम् सामुदायिक क्याम्पस, नारायण मा. वि., शिवालय, मा. वि., गुप्तेश्वर तथा शिवालय बहुमुखी क्याम्पस प्रमुख तथा प्र.अ. शिक्षक शिक्षिका एवम् बिभिन्न बिद्यालयबाट गरी करिव ५ सय जना भन्दा बढी बिद्यार्थीहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।
कार्यक्रम संयोजक पर्वत जेसीजका निर्देशक जेसी शान्ति कुमाल श्रेष्ठले स्वागत राख्नुभएको कार्यक्रमममा जेसीज आस्था पाठ निर्देशक जेसी प्रवेशराज पुरीले गर्नुभएको थियो । पर्वत जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी मिलन पौडेलको अध्यक्षता रहेको कार्यक्रमको संचालन महासचिव जेसी अमुत प्रसाद पोख्रेलले गर्नुभएको थियो ।

