19.1 C
Kathmandu
Friday, April 17, 2026

बुबाआमाको स्मृतिमा अपुनद्वारा स्थापित ५ लाख अक्षयकोषको रकम विद्यालयलाई हस्तान्तरण

पर्वत-अपुन एच.के. फाउन्डेसन नेपालका संस्थापक समाजसेवी अपुन एच.के. (भोटे) ले आफ्ना स्वर्गीय आमाबुबाको स्मृतिमा स्थापना गर्नुभएको ५ लाख अक्षयकोषको रकम बिद्यालयलाई हस्तान्तरण गरिएको छ ।
स्वर्गीय आमा बिष्णु आर्य लोहनी र स्वर्गीय बुबा हर्कबहादुर आर्य लोहनीको स्मृतिमा पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ स्थित महेन्द्रोदय माध्यमिक बिद्यालयमा उक्त अक्षयकोष स्थापना गर्नुभएको थियोे । उक्त अक्षयकोषको ५ लाख रुपैयाँ अपुन एच.के फाउन्डेसनका संस्थापक अपुन एच. के का भतिज आशिष वीर लोहनी र लोहनी परिवारले सोमबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।
बिद्यालयमा अध्ययनरत गरिब, असहाय र जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको अपुन एचके भोटेले बताउनुभएको छ । आफुले स्थापना गरेको अक्षयकोषले विद्यालयको शैक्षिक उन्नयनमा मद्दत पुग्नुको साथै आर्थिक अवस्था न्युन भएका विद्यार्थीहरुमा केही राहत हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बिद्यालयका प्रधानाध्यापक गोविन्द गुरुङले अक्षयकोषदातालाई धन्यवाद ज्ञापन गर्दै उक्त अक्षयकोषको उदेश्य अनुसार सही सदुपयोग गर्ने बताउनुभएको छ ।
महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङमा निर्माण गरिएको धनिराम आर्य लोहनी कुल मन्दिर उद्घाटनका अवसरमा एचकेले अक्षयकोषको घोषणा गर्नुभएको थियोे ।
अक्षयकोषको रकम हस्तान्तरण कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु, गाउँ शिक्षा समिति सदस्य रुद्र बहादुर क्षेत्री, शिक्षक अभिभावक संघ अध्यक्ष तथा सदस्यहरु, अक्षयकोषका संरक्षक, शिक्षक, विद्यार्थीहरु लगायतको उपस्थिति रहेकोे थियो । पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ जन्मघर भई हाल हङकङमा बस्दै आउनुभएका अपुन एच.के. (भोटे) ले विभिन्न सामाजिक कार्यहरूमा सहयोग आइरहनुभएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नुन प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रमको संचालन शिक्षक नरेन्द्र बहादुर क्षेत्रीले गर्नुभएको थियो ।

ताजा

Related Articles