21.1 C
Kathmandu
Friday, April 17, 2026

जिल्ला समन्वय समिति पर्वतको आयोजनामा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न

पर्वत-पर्वतका स्थानीय तह र जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालयहरुको आर्थिक बर्ष २०८०/०८१ को अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्वतको आयोजनामा यहीँ फागुन २९ र ३० गते उक्त कार्यक्रम कुश्मामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संघ,प्रदेश र स्थानीय सरकारले जनताले अनुभुती गर्ने खालका विकास निर्माणका काम गर्नुपर्ने बताउनुभयो । समृद्ध नेपाल खुसी, नेपालीको सपना साकार पार्नका लागि राष्ट्रिय तथा समुदाय स्तरमा संचालन हुने योजना समयमै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रम समापनका अवसरमा गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवर, मित्रलाल बस्याल, रेखा गुरुङ र महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसालले आफ्नो भनाई व्यक्त गर्नुभएको थियोे । बोल्ने वक्ताहरुले देशको विकास र समृद्धका लागि ३ वटै सरकारको समन्वय र सहकार्यमा विकास निर्माणका कार्यहरू गर्नुपर्ने बताएका छन् । संघ,प्रदेश र स्थानीय सरकारले आवश्यकता र औचित्यका आधारमा विकास निर्माणका योजना संचालन गर्नुपर्ने बताउदै जनमुखी कार्यमा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बिकले सुशासन र पारदर्शितालाई जोड दिदै जनमुखी कार्यमा अग्रसर हुनका लागि स्थानीय सरकार तथा सेवाप्रदायक कार्यालयहरुलाई अनुरोध गर्नुभएको छ । जिल्लामा संचालित विकासका योजनाहरु अनुगमनलाई निरन्तर दिदै गुणस्तरीय र दिगो विकासमा जोड दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा पर्वतका ७ वटा स्थानिय तह, संघीय तथा प्रदेश सरकार अन्तर्गत जिल्लामा रहेका कार्यालयहरु र गैरसरकारी संस्थाहरुले आर्थिक वर्ष २०८०/०८१ को प्रथम अर्धबार्षिक अबधीमा सम्पन्न कार्य प्रगति र कार्यान्वयनको चरणमा रहेका कार्यक्रमहरुको जानकारी गराएका थिए । कार्यक्रममा अर्धवार्षिक प्रगतिको समीक्षा र आगामी योजनाका बिषयमा छलफल समेत गरिएको थियो ।
जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकको अध्यक्षतामा सम्पन्न कार्यको संचालन शाखा अधिकृत महेश शर्माले गर्नुभएको थियो ।

 

ताजा

Related Articles