19.1 C
Kathmandu
Friday, April 17, 2026

आर्थिक अभावमा उपचारमा समस्या भोगेका सुमनलाई पत्रकार बिसिद्वारा सहयोग हस्तान्तरण

पर्वत-पर्वतको महाशिला गाउँपालिका-६, फलामखानीका मृगौलामा पत्थरी परेर आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेका सुमन सुनारलाई पत्रकार लक्ष्मण बिसिले ९ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको छ ।
पर्वतको मोदी गाउँपालिका-५ बाजुङका चन्द्र प्रकाश पौडेल सुमनले जन्मदिनको अवसरमा ५ हजार सहयोग गर्नुभएको र पर्वतको कुश्मा नगरपालिका -१ पाङ घर भै हाल रोजगारीको सिलसिलामा पोर्चुगलमा रहनुभएका सुरेश घतानले उपचारका लागि पठाउनुभएको ४ हजार गरि उक्त सहयोग रकम घरमै पुगेर बिरामीलाई हस्तान्तरण गर्नुभएको हो । नयन न्युज डटकममा समाचार प्रकाशन तथा फेसबुक मार्फत सहयोगको अपिल गरिएपछि उक्त रकम संकलन भएको थियोे । सहयोग रकम बुझ्दै पीडित सुनारले उक्त सहयोगले उपचारमा राहत हुने बताउदै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ । घरको आर्थिक अवस्था अति नाजुक भएको हुँदा छोराको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको बताउदै थप सहयोगका लागि सुमनका बुबा कुल बहादुर सुनारले सबैलाई अपिल गर्नुभएको छ ।
नयन न्युज डटकमका प्रबन्ध निर्देशक तथा सम्पादक लक्ष्मण बिसिले यसअघि पनि विभिन्न रोगबाट ग्रसित भएर आर्थिक अभावमा उपचारमा समस्या भोगेका विभिन्न व्यक्तिहरुलाई आर्थिक संकलन गरि हस्तान्तरण गर्नुभएको छ ।

ताजा

Related Articles