पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा चुरीका १७ बर्षिय दिपक सुनार बिगत ५ दिनदेखि बेपत्ता भएका छन् । भदौ २९ गते बिहान ९ बजेतिर साथीको बथ्डेमा जान्छु भनेर घरबाट हिडेका उनी हालसम्म परिवारको सम्पर्कमा आएका छैनन् । छोरा ५ दिनसम्म घरमा नआएको र आफन्तको घरमा पनि नगएकोले खोजी गरिदिन उनका बुबा गोकुल सुनारले सबैसँग अपिल गर्नुभएको छ । दिपकको साथीहरूलाई सोधपुछ गर्दा उक्त दिन कुनै साथीको बथ्डे नभएको र भेट पनि नभएको बताएका छन् । अचानक दिपक सम्पर्क बिहिन भएपछि घरपरिवार र आफन्तहरु चिन्तित भएका छन् । यत्तिका दिनसम्म खोजी गर्दापनि भदै कहिँ कतै नभेटिएपछि घर परिवार अत्यन्तै चिन्तित भएको दिपककी फूपू रिता सुनारले बताउनुभयो । उहाँले भन्नुभयो “दिपकले चलाउदै आएको मोबाइल नम्बरमा फोन पनि लागेको छैन, आफन्तहरु सबैलाई सोध्दा आएको छैन, देखेनौ भन्छन्।” उनको खोजी गरिदिन सबैसँग अपिल गर्नुभयो । दिपक फलेवास नगरपालिका- मुडिकुवा स्थित माटेदेवल जनसहगयोगी प्राबिधिक तथा व्यावसायिक माबिमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन ।
दिपक हराएको सूचना प्रहरी चौकी फलेवास र जिल्ला प्रहरी कार्यालय पर्वतमा जानकारी दिएको र प्रहरीबाट पनि खोजी कार्य भइरहेको बताइएको छ ।
फलेवास चुरीका १७ बर्षिय दिपक ५ दिनदेखि सम्पर्क बिहिन, खोजीका लागि परिवारको अपिल

