19.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत अस्पतालमा पानीको समस्या हट्यो, लिफ्ट खानेपानीको उद्घाटन

पर्वत-निर्माणको ३५ वर्षसम्म पानीको आफ्नै योजना नहुँदा समस्या झेल्दै आएको पर्वत अस्पतालमा अब भने ‘लिफ्ट’ प्रणालीको आफ्नै योजनामार्फत पानीको आपूर्ति सुरु भै उद्घाटन गरिएको छ।

अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष शंकर गिरीका अनुसार कुश्मा नगरपालिका–५ गोपाङघाटमा रहेको मूलबाट ‘लिफ्ट’ प्रणालीबाट पानी तानि अस्पतालको ट्याङ्कीमा खसालिएको छ। कालीगण्डकी नदी किनाराभन्दा केही माथि गोपाङघाटमा रहेको पानीको मूलबाट निस्कने पानीलाई ट्याङ्कीमा सङ्कलन गरि।उक्त सङ्कलित पानी करिब आठ सय मिटर लम्बाइको पाइप मार्फत मोटरले तानेर अस्पतालको ट्याङ्कीमा खसालिएको छ। अस्पताल परिसरमा रहेको एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीमा जम्मा भएको पानीले अस्पतालका सबै कामका लागि सुविधा भएको छ।
असारबाटै अस्पतालमा गोपाङको पानी खसालेका थियौँ’, उनले भने, ‘अहिलेसम्म परीक्षणको रूपमा हेरियो। लिफ्टमा केही समस्या आउँछ की भनेको त्यस्तो केही भएन। पानीको आपूर्ति नियमित भएसँगै अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष शङ्कर गिरी र अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष गुणराज शर्माले संयुक्त रूपमा उद्घाटन गरेका छन्। सोही अवसरमा योजना निर्माणमा सघाएका तथा जग्गादाताहरू राम प्रसाद आचार्य र नारायण प्रसाद आचार्य सहित प्राबिधिक सिचाइ प्रमुख बिष्णु हरि अधिकारी, कुनपा ५ नम्बर वार्ड अध्यक्ष रामहरि शर्मा,शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रबि कुमार श्रेष्ठ, पुर्ब अध्यक्ष कमलनाथ पोख्रेललाई सम्मान समेत गरिएको छ।
अब अस्पताललाई आवश्यकता अनुसारको पानी खर्च गर्न सकिने भएको छ।’

१५ शय्या क्षमतामा सञ्चालनमा रहेको बेलामा आपूर्ति हुने गरेको पानी अहिले ६० शय्यामा चलिरहेको अस्पताललाई यसै पनि कम भएको थियो। अस्पतालमा बनेका नयाँ भवनहरूमा बनेका आधुनिक शौचालयको लागि पनि पानीको आवश्यकता बढेको थियो। यो योजना आएसँगै अस्पतालको सेवा पनि झनै प्रभावकारी बनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले बताए। अस्पतालमा आवश्यक सरसफाइ नहुँदा बिरामीको अवस्थामा झनै समस्या आउने तथा बिरामीका आफन्तहरूमा समेत सङ्क्रमण फैलिने जोखिम हुने भएकोले पानीको आपूर्ति २४ सै घण्टा हुनुपर्ने उनको भनाइ छ।

पानीको सुविधा राम्रो भएसँगै डायलिसिस सेवा लिने बिरामीका लागिसमेत धेरै सुविधा भएको छ। अस्पतालमा डायलिसिस गर्ने बिरामीको सङ्ख्या अहिले २६ जना रहेको छ। डायालाइसिसका लागि चाहिने शुद्ध पानी निकाल्ने रिआरओ प्लान्टका लागि मात्रै दैनिक आठ देखि १० हजार लिटरको आवश्यकता पनि पूरा भएको छ।

ताजा

Related Articles