23.1 C
Kathmandu
Thursday, April 16, 2026

लिमिठाना माबिको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

निर्मल पौडेल पर्वत-पर्वतको फलेवास नगरपालिका ७ स्थित लिमिठाना मा बि लिमिठानाकाे ५९ औँ वार्षिकाेत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। बिधालयमा सनिवार शैक्षिक तथा सास्कृतिक कार्यक्रमको आयोजनाका साथ सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि तथा फलेवास नगरपालिकाका प्रमुख गङ्गाघर तिवारीले शैक्षिक विकासका लागि सबै पक्षले हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए। तिवारीले गुणस्तरीय शिक्षामा पछिल्लो समय लिमिठाना माबिले खेलेको भुमिका प्रशंसनिय रहेको बताए।

यस्तै बिशिस्ट अतिथी उपप्रमुख शोभाकुमारी क्षेत्रीले परम्परागत शैक्षिक प्रणाली लाई विस्थापित गर्दै आधुनिकताको प्रयोग संगै बैज्ञानिक र व्यबहारिक शिक्षा द्वारा सक्षम र क्षतावान विद्यार्थी उत्पादन गर्न
सामुदायिक विद्यालयको ध्यानकर्षण हुनु पर्ने औल्याइन। गुणस्तरिय शैक्षिक उपलब्धी हाँसिल गर्न शिक्षक बिद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्ध हुने भन्दै सबै पक्षको उत्तिकै भुमिका रहने बताइन। विद्यालयको शैक्षिक गुणस्तरका लागि स्थानीय सरकारको तर्फबाट कुनै पनि सहयोग गर्न कसर बाकी नराख्ने बताइन।
यस्तै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख मोतिलाल चपाइले लिमिठाना मा बि मा विद्यार्थीको आर्कषण बढ्दै गएको प्रति खुसी व्यक्त समेत गरे । उनले प्राविधिक शिक्षा सहितको अध्यापनमा स्कुलले जोड दिनुपर्ने धारणा व्यक्त गरे।  नेपाल राष्ट्रिय शिक्षक संगठनकी केन्द्रीय सदस्य शारदा कुमारी शर्माले राज्यले लिएको बर्तमान शिक्षा नीतिमा परिमार्जन गरि पुर्ण प्राबिधिक व्यावसायिक सङ्गै बैज्ञानिक शिक्षा नीति लागू गर्नुपर्ने धारणा व्यक्त गरिन। शर्माले निजि बिधालयहरु लाई सरकारी स्कुलमा समाहित गरि एकैप्रकारको शिक्षा प्रदान गर्नुपर्ने भन्दै शिक्षा क्षेत्रका आम समस्या चुनौती र सम्भावनाहरु लाई राज्यले अन्य क्षेत्रमा भन्दा गम्भीर भएर कदम चाल्नुपर्ने बताइन।

यस्तै बिधालयका प्रधानध्यापक बिजयराज पौडेलले
चालू आ.ब २०८१-०८२ को अनुमानित आय ब्यय रु दुई करोड एघार लाख बहत्तर हजार चार सय पच्चीस रुपैयाँ बयासी पैसा (२,११,७२,४२५.८२) बराबरको प्रतिबेदन पेश गरे। पौडेलले शिक्षा बाट कोहिपनी बन्चित हुनुनपर्नेमा जोड दिए। ।बिधालयको चौतर्फी बिकासमा दिनरात नभनी लागिपर्ने र बिधालय लाई यो क्षेत्रको नमुना बिधालयका रुपमा चिनाउने आफ्नो संकल्प पूरा गरेर छाड्ने उनले जिकिर गरे।
सोही अवसरमा बिधालयको स्थापना काल देखि हाल सम्म बिधालय लाई सहयोग गर्ने सहयोगी एवं चन्दादाताबिधालयमा लामो समयसम्म अध्यापन गराउनुहुने सवै शिक्षक तथा शिक्षिका हरु लाई दोसल्ला र सम्मानपत्र द्वारा सम्मान समेत गरिएको छ।
रास्ट्रिय कलाकार अर्जुन पन्त लगायत स्थानीय कलाकार र विद्यार्थीहरुले विविध सास्कृतिक प्रस्तुति प्रस्तुत गरेको कार्यक्रमको समापनमा बोल्दै बिधालय ब्यबस्थापन समितीका अध्यक्ष देबेन्द्रराज पाण्डेले
पहिलेको तुलनामा बिधालय राम्रो गइरहेकोले अझै राम्रो बनाउन शिक्षक ,बिधार्थी,अभिभावक,शिक्षाप्रेमी सबैजन लाग्नुपर्ने बताए। बिधालयका शिक्षिका मन्जु पन्तको स्वागत मन्तव्य रहेको कार्यक्रमको सन्चालन शिक्षक टेक प्रसाद तिवारीले गरेका थिए।
सोही अवसरमा बिधालयले यसै शैक्षिकसत्रमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुका सबै पुरस्कार समेत वितरण गरेको कार्यक्रममा पत्रकार ,विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

ताजा

Related Articles