23.1 C
Kathmandu
Thursday, April 16, 2026

बालज्योतीमा व्यबहारिक शिक्षा, बिद्यार्थीलाई तरकारी लगाउने देखी भकारी बुन्नेसम्मको सीप

लक्ष्मण बिसि, पर्वत
१३ पौष २०८१
वर्तमान समयमा शिक्षा व्यवहारिक नभएको जनगुनासो बढिरहेको बेला यहाँको एक बिद्यालयमा भने व्यवहारिक र नैतिक शिक्षामा जोड दिएको छ ।
पर्वतको मोदी गाउँपालिका-५ बाजुङ ओखलढुंगा स्थित बालज्योती सामुदायिक प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई ब्यबहारिक शिक्षामा जोड दिइएको हो ।
विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्र सिमित नराखी जीवन उपयोगी ब्यबहारिक शिक्षामा जोड दिएको प्रधानाध्यापक बिष्णु सुवेदीले जानकारी दिइन् । विद्यार्थीहरुको सक्रियतामा स्थानीयको जग्गा उपयोग गरि मौसम अनुसारका तरकारी लगाउने, च्याउ उत्पादन गर्ने, तरकारी गोडमेल र सिचाइ लगायतका बिषयमा ज्ञान प्रदान गरिएको उनले बताइन् । पछिल्लो समय शिक्षक र विद्यार्थीहरुको सक्रियतामा प्याजका विरुवा रोपिएको छ । विद्यार्थीहरुले पातबाट दुना टपरी बुन्ने, माला बनाउने र बाँसको चोया काडेर अन्न राख्ने भकारी बुन्ने सम्मका कार्य गर्ने गरेका छन् ।
बिद्यालयमा संचालित परीक्षामा जाँच गरिसकेको कापी प्रशोधन गरि पुनः प्रयोग गरिएको छ । विद्यार्थीको सृजना र कलात्मक क्षमता विकासका लागि उक्त कागज चित्र बनाउन प्रयोगमा ल्याएको छ ।

त्यस्तै विद्यार्थीहरुको शारीरिक तथा मानसिक अवस्थालाई मजबुत बनाउन विभिन्न प्रतियोगिता तथा खेलहरुमा पनि विद्यार्थी अब्बल रहेका छन् । सानै उमेरदेखि विद्यार्थीहरुलाई अनुशासित, नैतिकतावन, चरित्रवन,मेहनती र लगनशील बनाउन सकेमा भविष्यमा असल, दक्ष र योग्य नागरिक बन्ने विश्वास व्यक्त गरिन । सस्थापक बिद्यालय व्यवस्थापन समिति अध्यक्ष स्व .सन्त बहादुर क्षत्री, सस्थापक प्रधानाध्यापक मोती कुमारी थापा र पुर्व प्रधानाध्यापक सावित्री लामिछाने, स्थानीय समाजसेवी लगायत सबैको योगदानले गर्दा बिद्यालयमा गुणस्तरीय शिक्षा कायम रहेको प्रअ सुवेदीले बताइन् ।
साथै खेर फालिने प्लास्टिकको बोतल काटेर डोरी बनाउने र उक्त डोरी कुचो बाट्ने धागोको रुपमा र टनेल लगयत अन्य ठाउमा प्रयोगमा ल्याइएको बिद्यालयकी शिक्षिका बिना विश्वकर्माले बताइन् ।
बिद्यार्थीहरु उत्साहित भएर व्यवहारिक काममा सक्रिय भएको उनको भनाइ छ ।

शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिकोणात्म समन्वय र सहकार्यले बिद्यालयमा शैक्षिक उन्नयन भएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक बहादुर क्षत्रीले बताए । गुणस्तरीय र व्यवहारिक शिक्षाका लागि शिक्षक र विद्यार्थीको मेहनत र लगावप्रति खुशी व्यक्त गरेका छन् ।
शिक्षणमा व्यवहारिक महत्वलाई विशेष ध्यान दिन विद्यार्थीहरुमा व्यक्तिगत सरसफाइ, अनुशासन, नैतिक शिक्षा, खानपान, आफ्ना सरसमानहरुको जतन, प्रयोग आदि विषयमा विशेष ख्याल गनुपर्ने देखिन्छ । किताबी ज्ञानले भन्दा यस्ता नैतिक शिक्षाको कारण विद्यार्थीहरुमा व्यापक परिवर्तन गर्न सकिन्छ ।

भौगोलिक विकटता रहेको उक्त ठाउँमा जम्मा १८/१९ घर रहेका छन् । विं.सं. २०५५ सालमा स्थापित उक्त विद्यालयमा बाल कक्षादेखि ५ कक्षासम्म १६ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।

ताजा

Related Articles