21.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वतको पिपलटारीमा ग्याँस सिलिन्डरमा आगलागी हुँदा १ जनाको मृत्यु २ घाइते

पर्वत- पर्वतको कुश्मा नगरपालिका-१०, पिपलटारीमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगोलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पिपलटारी तल्लो रोहोटेमा आइतबार विहान ग्याँस लिग भएर ग्याँस विस्फोट हुदाँ अन्दाजी ७४ बर्षिय वृद्ध महिला दुर्गादेवि पौडेलको मृत्यु भएको हो । सोही आगलागीमा परेर अन्दाजी ५२ बर्षिय ध्रुव रेग्मी र उनको तिला रेग्मी घाइते भएका वडा अध्यक्ष रामचन्द्र सुवेदीले जानाकारी दिए ।

बृद्ध महिला पौडेलको घटनास्थलमा नै मृत्यु भएको हो। गम्भिर अवस्थामा रहेका ध्रुव रेग्मीलाई जिल्ला अस्पताल पर्वतबाट पोखरा रिफर गरिएको छ ।

ताजा

Related Articles