पर्वत-प्रेस चौतारी नेपाल पर्वत शाखाको अध्यक्षमा दिपेश विश्वकर्मा चयन भएका छन् । मंगलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
समितिको उपाध्यक्षमा शान्ति सुबेदी, विकासराज पौडेल, सचिवमा दुर्गा शर्मा ‘पुजना’, कोषाध्यक्षमा महेश भुषाल, सह–सचिव प्रेम प्रसाद शर्मा, कमला लामिछाने चयन भएका छन् । यस्तै, सदस्यहरुमा रमेश पौडेल, सुजन पौडेल, सुजन आचार्य र नारायण अधिकारी चयन हुनुभएको प्रेस चौतारी पर्वतका निवर्तमान अध्यक्ष कृष्ण अखेलीले जानकारी दिए ।
अधिवेशनको अवसरमा प्रेस चौतारी पर्वतका केन्द्रीय सदस्य तथा पर्वत शाखाका पूर्वअध्यक्ष गणेश गिरीलाई २२ हजार २ सय २२ रुपियाँ राशीको प्रेस चौतारी सृजनशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार पूर्व मन्त्री तथा एमाले केन्द्रिय कमिटी सचिव पद्मा अर्यालले गिरीलाई पुरस्कार प्रदान गरेकी हुन । सम्मानित गिरी पर्वत न्यूज अनलाइन र अर्थ वीट साप्ताहिकका प्रधान सम्पादक हुन् ।
शाखाको सातौं अधिवेशनको अवसरमा शाखाका पूर्वअध्यक्षहरु इन्द्रमान खत्री, राजेन्द्र पहाडी, गणेश पौडेल, लक्ष्मण सापकोटा, गणेश गिरी र अनुशासन आयोग सदस्य सन्तोष थापालाई सम्मान समेत गरिएको थियो ।
प्रेस चौतारी पर्वतको अध्यक्षमा विश्वकर्मा चयन

