19.1 C
Kathmandu
Friday, April 17, 2026

देविस्थान स्थित श्री राम नेवार कल्याण समाजको ४४औं वार्षिक उत्सव सम्पन्न

पर्वत-“हाम्रो संस्कृति हाम्रो पहिचान, यसको संरक्षण हाम्रो अभियान” भन्ने नाराका साथ श्री राम नेवार कल्याण समाजको ४४औं वार्षिक उत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ। फलेवास नगरपालिका-६, देविस्थानमा रहेको उक्त समाजले विविध कार्यक्रमका साथ बुधबार वार्षिकोत्सब मनाएको हो ।

कार्यक्रममा फलेवास नगरपालिकाका नगर प्रमुख गंगाधर तिवारी प्रमुख आतिथ्यता, वडाध्यक्ष नविन कुमार श्रेष्ठ, संस्थाका संस्थापक कोषाध्यक्ष भुवानी प्रसाद श्रेष्ठ, पूर्व अध्यक्षहरू बम ब श्रेष्ठ र कुल प्रसाद श्रेष्ठ विशिष्ट अतिथिको रुपमा उपस्थिति रहेको थियोे । कार्यक्रममा बोल्दै नगर प्रमुख गंगाधर तिवारीले समाजले आफ्नो संस्कृति र पहिचानको संरक्षणमा गरेको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यहरूलाई निरन्तरता दिन आग्रह गरेका छन् ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष स्व. ह. पदम ब श्रेष्ठ, भवनको लागि घडेरी दाता स्व. राम प्रसाद श्रेष्ठ तथा स्व. कमला श्रेष्ठ, संस्थापक सचिव कुल प्रसाद प्रधान, सदस्य स्व. राम प्रसाद श्रेष्ठ र सकल पितृहरूलाई श्रद्धासुमन अर्पण गरिएको थियो।
यसैगरी, कार्यक्रममा संस्थाका उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको थियो। छात्रातर्फ अंकिता श्रेष्ठ र छात्रतर्फ दिपिन श्रेष्ठलाई छात्रवृत्ति प्रदान गरिएको थियो।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष गोपाल प्रसाद श्रेष्ठले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा भुवानी प्रसाद श्रेष्ठ, नविन कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष गंगा प्रसाद श्रेष्ठले समापन मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा कलाकार कृष्ण कँडेलको समूहले स्वागत भजन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष गंगा प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आर्जन प्रसाद श्रेष्ठको स्वागत मन्तव्य र संचालन सचिव बैकुण्ठ प्रसाद श्रेष्ठले गरेका थिए ।

ताजा

Related Articles