पर्वत-प्रदेश अस्पताल कुश्मा पर्वतमा अत्याधुनिक पोस्टमार्टम गृहको शिलान्यास गरिएको छ । अस्पताल छेउँमा निर्माण गर्न लागिएको पोस्टमार्टम गृहको विहिबार स्थानियहरुको उपस्थितिमा ब्रहमकुमारी इश्वरीय विश्व विद्यालयका राधिका दिज्युले शिलान्यास गरेकी हुन् ।

अस्पतालमा रहेको पोस्टमार्टम गृहमा शव धेरै समय राख्न नसकिने र समुदायमा समेत दुर्गन्ध फैलन थाले पछि स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशको ४० लाख र अस्पताल व्यवस्थापन समितिको १७ लाख गरि ५७ लाख रुपैयामा चार कोठे अत्याधुनिक पोस्टमार्टम गृह निर्माण गर्न लागिएको अस्पतालका अध्यक्ष शंकर गिरीले जानकारी दिए।

उनले जिल्लाको एक मात्र पोस्टमार्टम गर्ने अस्पताल भएकोले पनि चाप बढ्न थालेकोले निरन्तरको प्रयासबाट पोस्टमार्टम गृह निर्माण हुन लागेको बताए । गिरीले भने, “कहिलेकही बेवारिसे लास आउँछन् पहिचान हुन समय लाग्छ, धेरै समय राख्दा दुर्गन्ध फैलिएर समुदायलाई समेत असर पुर्याउँछ । अब भने यो बाध्यताबाट छुट्करा मिल्ने छ लास महिनौ सम्म पनि राख्न सकिने छ ।”
शिलान्यास कार्यक्रममा बौल्दै कार्यक्रमका प्रमुख अतिथि ब्रहमकुमारी इश्वरीय विश्व विद्यालयका राधिका दिज्युले पर्वत अस्पतालले पछिल्लो समय जनविश्वास जित्दै गरिहेको बताउँदै अहिलेको समितिले अस्पतालमा धेरै राम्रा काम गरेको बताइन ।
कार्यक्रममा समाजसेवी देवि प्रसाद विलासी लगायतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।
प्रदेश अस्पताल कुश्मा पर्वतका अध्यक्ष शंकर गिरीको अध्यक्षता र स्वागत मनतव्यमा सम्पन्न भएको कार्यक्रमको संचालन पत्रकार महासंघ पर्वतका कोषाध्यक्ष दिपेश वि पोखरेलले गरेका थिए ।

