नयन न्युज,पर्वत
१७ चैत २०८१
पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँमा ट्याग परियोजनाको सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । फलेवास स्थित मोती सामुदायिक पुस्तकलायमा रिड नेपालको सहयोगमा संचालित उक्त परियोजनाको सनिबार सामाजिक लेखा परिक्षण सम्पन्न भएको हो ।
ट्याग परियोजना अन्तर्गत बाल बिवाहा रोकथाम, लैङ्गकि भेदभाव, सुरक्षित महिनावारी, वातावरण सरसफाइ लगायत शिक्षा, स्वास्थ्य, सरसफाइ र जनचेतनामूलक विभिन्न १० वटा कार्यक्रम संचालन गरिएको ट्याग संयोजक रमा भुसालले जानकारी दिइन् । कार्यक्रममा लेखा परिक्षक दिवाकर कुमार कर्णले सहजीकरण गर्दै पुस्तकालयमा संचालित उक्त परियोजनाको १० लाख ५६ हजार ८ सयको लेखा परिक्षण गरेका हुन ।
कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका सामाजिक बिकास संयोजक तथा वडा नं.५, खानीगाउँका वडा अध्यक्ष नारायण लामिछाने पुस्तकालयमा संचालित ट्याग परियोजनाले किशोरीहरुको क्षमता विकास र सामाजिक कार्यमा अग्रसरता बढाएको बताए । पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले पुस्तकालयमा संचालित ट्याग परियोजना कार्यक्रमले किशोरीहरुमा नेतृत्व र व्यक्तित्व विकासमा फाइदा पुगेको बताए । परियोजनामा सिकेका कुराहरू व्यबहारमा लागु गर्दै सामाजिक रुपान्तरणमा जोड दिनुपर्ने उनले बताए । साथै शर्माले पुस्तक पढ्ने बानीले व्यक्तिलाई सकारात्मक चिन्तन,बौद्धिक, लगनशील र उर्जाशिल बनाउने बताउदै नियमित पुस्तकालय आएर पठन संस्कृतिको विकासमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा पुस्तकालयका सदस्य,जनप्रतिनिधि, टोल विकास संयोजक, अभिभावक, प्रहरी, पत्रकार, ट्याग किशोरीहरु लगायतको उपस्थिति रहेको थियो ।
मोती सामुदायिक पुस्तकालय संचालन समितिका अध्यक्ष कृष्णराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ट्याग संयोजक रमा भुसालको स्वागत र वरिष्ठ लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले संचालन गरेका थिए ।

