१ बैशाख २०८२ पर्वत,-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा नयाँ बर्ष २०८२ सालको उपलक्ष्यमा आज शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलले जिल्लामा रहेका सरकारी तथा गैह्रसरकारी निकायहरुसंग समन्वय तथा सहकार्य गर्दै व्यवसायीको हक हितमा काम गरेको बताए । निजि क्षेत्रले देशको आर्थिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको पौडेलले बताए ।
प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले उद्यमशिलता विकास र व्यावसाय विस्तार गर्दै आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताए । पर्वतको भौगोलिक अवस्था अनुसार उत्पादनलाई बढाउनुपर्ने उनको भनाई छ । कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक रबिन बिष्ट, पर्वत उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष केदारनाथ शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर बि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कमल बहादुर जिसिको धन्यवाद मन्तव्य र कार्यालय प्रमुख टंकप्रसाद शर्माले संचालन गरेका थिए ।

