23.1 C
Kathmandu
Thursday, April 16, 2026

देविस्थानमा अनिवार्य तथा निशुल्क शिक्षा, साइबर अपराध र घटना दर्ता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

पर्वत-पर्वतको फलेवास नगरपालिका-६, देविस्थानमा अनिवार्य तथा निशुल्क शिक्षा, साइबर अपराध र घटना दर्ता सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । देविस्थान सामुदायिक सिकाइ केन्द्रको आयोजनामा उक्त कार्यक्रम सोमबार सामुदायिक भवन देविस्थानमा सम्पन्न भएको हो ।

‎कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख  गंगाधर तिवारीले नगरपालिकाका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदानमा जोड दिएको बताउनुभएको छ ।  साइबर अपराधका घटना रोकथाम गर्न र व्यक्तिगत घटना दर्तामा चेतना प्रबाह गर्न देविस्थान सामुदायिक सिकाइ केन्द्रले आयोजना गरेको कार्यक्रम महत्त्वपूर्ण भएको उहाँले बताउनुभयो ।‎कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका उपप्रमुख शोभा कुमारी क्षेत्रीले सिकाइ केन्द्रले विगतदेखिनै सकारात्मक, रचनात्मक र अनुकरणीय कार्य संचालन गरेको बताउदै सिकाइ केन्द्रको कार्यको प्रशंसा व्यक्त गर्नुभयो ।  प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यले राज्यबाट प्राप्त हुने सेवा सुबिधा प्राप्त गर्नका लागि सबैले आधारभूत शिक्षा हासिल गर्नुपर्ने र अनिवार्यरुपमा व्यक्तिगत घटना दर्ता गर्नुपर्ने बताउनुभयो ।बितदेखिनै देविस्थान सामुदायिक सिकाइ केन्द्रले समुदाय लक्षित विभिन्न शैक्षिक तथा सामाजिक कार्य गरेको बताउदै नगरबाट बजेट व्यवस्था हुन सकेमा थप रचनात्मक कार्य  गर्न सकिने केन्द्रका अध्यक्ष सुरज कुमार श्रेष्ठले बताउनुभयो ।

सबै सरोकारवालाहरुको सकारात्मक साथ, सहयोगले सिकाइ केन्द्रले देविस्थानमा उल्लेखनीय काम गर्न सफल भएको देविस्थान सिकाई केन्द्रका परिचालक रिमा गुरुङ श्रेष्ठले बताउनुभयो । अनिवार्य र निशुल्क शिक्षाको बारेमा सचेत गराउन, साइबर अपराध सम्बन्ध जनचेतना फैलाउन र ग्रामीण भेगका नागरिकलाई घटना दर्ता प्रक्रियाबारे स्पष्ट जानकारी गराउन जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।‎ कार्यक्रममा फलेवास-६, देविस्थानका वडा सदस्य अर्जुन प्रसाद श्रेष्ठ, पुर्व वडा अध्यक्ष तथा देविस्थान सामुदायिक सिकाइ केन्द्रका सदस्य भोलानाथ भुसाल, वडा सहायक उत्तमराज घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।

कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद आचार्यले अनिवार्य तथा निशुल्क शिक्षा, फलेवास राहाले प्रहरी चौकीका इन्चार्ज सागर डुम्रेले साइबर अपराध र फलेवास नगरपालिका-६, देविस्थानका वडा सचिव गंगा प्रसाद सापकोटाले जन्म, विवाह, सम्बन्ध बिच्छेद, बसाइँसराइ र मृत्युका घटना दर्ता सम्बन्धि प्रशिक्षण दिनुभएको थियोे । कार्यक्रममा सरोकारवाला व्यक्तिहरुको सहभागीता रहेको थियोे ।

‎देविस्थान सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष सुरज कुमार श्रेष्ठको अध्यक्षता, सिकाइ केन्द्रकी परिचालक रिमा गुरुङ श्रेष्ठको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पत्रकार लक्ष्मण बिसिले गर्नुभएको थियो ।

ताजा

Related Articles