पर्वत-लायन्स क्लब अफ पर्वत सारथीको लायन बर्ष २०२५-२०२६ का लागि अध्यक्षमा सर्मिला शर्मा चयन हुनुभएको छ । हालै सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा निर्वाचित शर्माले आज एक कार्यक्रमका बीच पदभार ग्रहण गर्नुभएको हो ।
क्लबको प्रथम उपाध्यक्ष शान्ति श्रेष्ठ, सचिव तारा रिजाल पराजुली र कोषाध्यक्षमा राजकुमारी राना निर्वाचित हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा चन्द्र शर्मा, मिना बानियाँ, सारदा पिसि, रमा कडेल, स्नेह अधिकारी र सर्मिला गिरी रहनुभएको छ ।
क्लबका पुर्व अध्यक्षहरु अनिता सापकोटा र लिला दवाडी सल्लाहकारमा चयन हुनुभएको छ ।
क्लबको थीम ‘Serve, Lead & Rise’ लाई आत्मसात गर्दै सेवा, नेतृत्व र उन्नतिको बाटोमा क्लबलाई अघि बढाउने दृढ संकल्पका साथ काम सुरु गरेको नवनिर्वाचित अध्यक्ष सर्मिला शर्माले बताउनुभयो । आफुले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक र सेवाभावका साथ निर्वाह गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो “सबैको साथ, समर्थन र प्रेरणाका लागि हृदयदेखि आभारी छु।”
अबको यात्रामा सबैसँग सहकार्य गर्दै सशक्त, समर्पित र प्रभावशाली सेवा प्रदानमा जोड दिने अध्यक्ष शर्माले बताउनुभएको छ ।

