21.7 C
Kathmandu
Sunday, August 17, 2025

जापनीज नागरिकद्धारा पर्वतको लिमिठाना माविलाई ५ लाख सहयोग

रामचन्द्र भुसाल, पर्वत 

पर्वत-जापनीज नागरिक डा. एकलो हाकामाताले पर्वतको लिमिठाना नागरीक डा. एकलो हाकामाताले पर्वतको फलेवास नगरपालिका ७ लिमिठानामा रहेको लिमिठाना माध्यमिक विद्यालयलाई पाँच लाख रुपैँया नगद सहयोग प्रदान गरेका छन् ।

आफ्नो कामको शिलशिलामा नेपाल आएका एकलोले बुधबार काठमाण्डौमा विद्यालयम व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र राज पाण्डेलाई नगद रकम प्रदान गरेका हुन् ।

लिमिठानाका स्थानीयबासि, विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षक समेत रहनुभएका त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापक डा. किशोर पाण्डेको सहजिकरणमा विदेशी नागरीकद्धारा रकम प्राप्त हुने अवसर मिलेको विद्यालयका प्रधानाध्यापक विजयराज पौड्यालले जानकारी दिए ।

पाण्डेले विद्यावारीधि तह अध्ययन गर्ने क्रममा जापान रहँदा एकलोलाई साथी बनाएको र एकलोले अहिले नेपाल आउँदा यहाँका केहि संघ सस्थाहरुलाई सहयोग गर्ने चाहना भएको मनसायलाई बुझि केहि मात्रमा भएपनि नगद रकम आफ्नो गाउँको विद्यालयमा ल्याउन सफल भएको बताए ।

विद्यालयमा दिइएको उक्त रकम विद्यालयलाई आवश्यक पर्ने केहि निश्चित शिर्षकमा खर्च गर्न पाउने गरी नियम बनाएर शैक्षिक उन्वयनको निम्ति प्रयोग गर्न एकलोले आग्रह गरेका छन् ।

समयको व्यस्तताले अहिले विद्यालयमै आएर रमक प्रदान गर्न नसकेतापनि अवको केहि समयपछी आफु लिमिठानामै आएर विद्यालयको अध्ययन अवलोकन गरी स्तारोन्नतिको निम्ति थप सहयोग गर्न इच्छुक रहेको एकलोले बताएका छन् ।

रकम लिने क्रममा काठमाण्डौमा भेट भएका एकलोलाई समति अध्यक्ष पाण्डे र स्थानीयहरुले दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरी धन्यवाद ज्ञापन गरेका थिए ।

आफ्नो विद्यालयलाई सहयोग रकम प्राप्त भएपछी खुसि व्यक्त गर्दै प्रधानाध्यापक पौड्यालले उक्त रकम आउने सुनौलो वातावरण सिर्जना गराउनुने डा. किशोर पाण्डे र उनका बुवा लेखप्रसाद पाण्डे सहिति जापनीज नागरीक एकलोलाई धन्यवाद ज्ञापन गरेका छन् ।

ताजा

Related Articles