21.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत कारागारबाट १९ जना कैदिबन्दी भागे

पर्वत-पर्वतमा थुनामा रहेका १९ जना कैदीबन्दी फरार भएका छन् ।

जेनजी युवाहरुको आन्दोलन मंगलवार साँझ अदालतमा पुगेपछि ढोका गेट फोडेर उनिहरु फरार भएका हुन् । कारागार कार्यालयमा रहेका ९९ कैदीबन्दि मध्ये १९ जना भागेर फरार भएको कारागार कार्यालय पर्वतले जनाएको छ । यिनीहरु मध्ये ६ जना कैदी हुन भने बाँकी १३ जना थुनुवा रहेको कारागार प्रशासनले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पाँच जना सहकारी ठगी, सात जना जवरवस्ती करणी, कर्तव्य ज्यान मुद्धाका दुई जना, चोरी चार र मानव बेचविखन मुद्धाका एक जना फरार भएका हुन् । आन्दलोनकारीको समुह कारागार भित्र प्रवेश गर्दै गेट तोडफोड गरेपछि उनिहरु भाग्न सफल भएक छन् ।

कारागारमा रहेका ९९ कैदीबन्दि मध्ये बाँकी ८० जना भने भित्रै बसेका थिए ।

ताजा

Related Articles