24.1 C
Kathmandu
Friday, April 17, 2026

पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन ओलीको निर्देशन,सरकारले दोषीलाई कारबाही नगरेकोप्रति आक्रोशित

काठमाडाैं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिनुभएको छ।

अध्यक्ष ओलीले संविधान अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन सचेत गराउनुभएको हो । काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिए पनि केही फरक नपर्ने जिकिर गर्नुभयो।

अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन युवाहरुले सक्ने भएपनि स्वीकृति नभएपनि नडराई प्रर्दशनमा उत्रनुपर्ने बताउनुभयो । उहाँले संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न दिएकाले त्यसमा रोक लगाउने अधिकार कसैलाई पनि नभएको बताउनुभएकाे छ।

अध्यक्ष ओलीले सरकारले जेनजी आन्दोलनका अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउने काम नगरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो ।

ताजा

Related Articles