20.1 C
Kathmandu
Saturday, April 18, 2026

मोदीमा गाउँपालिका अध्यक्ष कप, राष्ट्रपति रनिङशिल्ड र बालमैत्री वडा घोषणा कार्यक्रम हुँदै

११ मंसिर २०८२,पर्वत-पर्वतको मोदी गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष कप-२०८२ पर्वत जिल्ला अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गाउँपालिकाको आयोजनामा यहीँ मंसिर १४ देखि १९ गतेसम्म अध्यक्ष कपसँगै पाचौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको आयोजना गरिएको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

‎कम खर्चमा पालिकामा एकैपटक तीन वटा कार्यक्रम गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पुरीले जानकारी दिनुभयो । अध्यक्ष कप र राष्ट्रपति रनिङशिल्ड उद्घाटनको अवसरमा मोदी गाउँपालिका वडा नं. ६ तिलहारलाई बालमैत्री वडा घोषणा गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्माले गाउँपालिकाहरुको अन्तरसम्बन्ध विकास गर्ने र सक्षम खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । विगतका वर्षहरुमा मोदी गाउँपालिकाको प्रतिनिधित्व गदै गणेश प्रसाद तिमिल्सीना राष्ट्रिय सभा अध्यक्ष हुँदा राष्ट्रिय सभा अध्यक्ष कप संचालन गरिँदै आएको र अहिले तिमिल्सीनाको कार्यकाल सकिएपछि गाउँपालिका अध्यक्ष कप शुरुआत गरिएको र आगामी दिनमा समेत निरन्तरता दिईने उहाँको भनाई छ ।पालिकाले आयोजना गरेको कार्यक्रमलाई सफल बनाउन सबैको सकारात्मक साथ र सहयोगको आवश्यकता रहेको गाउँपालिकाका उपाध्यक्ष बिमल लामिछानेले बताउनुभयो । आफ्नो वडामा हुन लागेको कार्यक्रमलाई सु-व्यवस्थित तरिकाले संचालन गर्नका लागि तयारी तिव्र पारिएको वडा नं. ६ का वडा अध्यक्ष दिपेन्द्रजंग लामिछानेले बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यक्रमलाई सफल पार्न पर्वतका मिडियाकर्मीको सकारात्मक साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पालिकाले आयोजना गर्ने ३ वटा कार्यक्रम संचालनका लागि करिब २२ लाख बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले बताउनुभएको छ  । ‎प्रथम गाउँपालिका अध्यक्ष कप भलिवल प्रतियोगितामा जिल्लाका ७ वटै पालिकाका टिमहरु सहभागि हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद १ लाख,दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेले ५० हजार साथै शिल्ड, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । कार्यक्रम मोदी गाउँपालिका वडा नं. ६ तिलहार स्थित तिलहार बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ ।

ताजा

Related Articles